आयरल्यान्ड वल्भेस विरुद्ध नेपालको सहज जित

आयरल्यान्ड वल्भेस विरुद्ध नेपालको सहज जित
+
-

काठमाडौं- नेपालले २ खेलको टी-२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड्स वल्भेसलाई ६ विकेटले पराजित गरेको छ। आयरल्यान्ड वल्भेसले दिएको १ सय २२ रनको लक्ष्य नेपालले  २३ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेल ३७ रनमा अविजित रहँदा सन्दीप जोराले ३६ रन बनाए। ४ रनको अवस्थामा जिवनदान पाएका जोराले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै आसिफ शेखले १६ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी १२ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रनमा अविजित रहे। आयरल्यान्डका लागि ग्यारेथ डेलानीले २ विकेट लिंदा बेन ह्वाइट र थोमस मयसले १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो। टियू मैदान कीर्तिपुरमा टस जितेको आयरल्यान्डका लागि कुनै पनि खेलाडीले गतिलो स्कोर बनाउन सकेनन्। उसका लागि स्टेफन डोहेनीले ४६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक थोमस मयस र लियम म्याकार्थीले समान १६-१६ रन बनाए। नेपालका लागि ललित राजवंशी र गुल्सन झा तथा कुशल भुर्तेलले समान २-२ विकेट लिंदा करण केसी र कुशल मल्लले १-१ विकेट हात पारे। नापलका ८ खेलाडीले बलिङ गरेका थिए।

नेपाल भ्रमणमा रहेको आयरल्यान्डले राष्ट्रिय टोलीसँग २ खेलको टी-२० सिरिज खेल्दा नेपाल ‘ए’ टोलीसँग समान ३-३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्ने कार्यतालिका रहेको छ। टी-२० विश्वकपको तयारीमा रहेको नेपाल पछिल्लो समय आफ्नो पुरानो लयमा फर्किन प्रयासरत रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?