दुर्गममा जीवन बिमासम्बन्धी जनचेतना विस्तार गरिँदै

+
-

सिमकोट – दुर्गमका गाउँ बस्तीका जीवन बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। बिमा महत्व र उपयोगिताबारे जनचेतना फैलाउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो।

सर्केगार्ड गाउँपालिका– ४ हजारी बिकले जनचेतनामूलक कार्यक्रमबाट जीवन बिमाको महत्व, फाइदा, उपयोगिताका बारेमा जानकारी प्राप्त भएको बताइन्।

हालसम्म आफूलाई जीवन बिमाको बारेमा कुनै जानकारी नभएको भन्दै उनले अब बिमा गर्न प्रेरित भएको बताइन्। मानिसका लागि फाईदै फाईदा जीवनबाट हुने भएको हुँदा सबैले जीवन बिमा गरेर सुरक्षित हुनुपर्ने सुझाव सहभार्गीलाई दिईन। सो जनचेतनामूलक कार्यक्रममा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शान्ति लामाले बिमा गर्नै पर्ने कार्यभित्र पर्ने भएको कारण ग्रामीण स्तरका यस्ता कार्यक्रम बेला बेला सञ्चालन गरेर सेवाग्राहीलाई जानकारी गराउनु आवश्यक रहेको बताइन्।

उनले बिमाबाट मानिसको बचत, सुरक्षाका साथै लगानीको पनि सुनिश्चितता हुने भएको कारण बिमाप्रति कसैले पनि नकारात्मक धारणा बनाउन नहुँने बताईन। बिमा प्राधिकरणले हुम्ला जिल्लामा बिमा सम्वन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जिम्मा सुर्यज्योति लाईफ इन्सोरेन्स कम्पनीले दिएको छ।

उक्त कम्पनीका अप्रेशन इन्चार्ज लोग भण्डारीले बिमाको महत्व दर्साएर सबैलाई बिमा गर्ने बातारण सृजना गर्न कार्यक्रम सञ्चालन गरिएको बताए। उनले मानिसको मृत्यु, दुर्घटना वा अन्त कहिले हुन्छ त्यसको एकिन नहुने भएको कारण त्यसको जोखिन बहन गर्ने माध्यम बिमा भएकोले पनि बिमा पर्न आवश्यक रहेको बताए। बिमा आर्थिक क्षेती बिरुद्धको सुरक्षा भएको नि जानकारी गरिएको थियो। त्यसैगरि कार्यक्रममा बिभिन्न जीवन बीमा योजनाको बारेमा नि छलफल गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?