धार्मिक झडपको विषय चुनौती बनेको छ: गृहसचिव एक नारायण अर्याल

धार्मिक झडपको विषय चुनौती बनेको छ: गृहसचिव एक नारायण अर्याल
+
-

काठमाडौं- गृहसचिव एक नारायण अर्यालले धार्मिक झडपकाे विषय चुनाैती बन्दै गएकाे बताएका छन्।

बुधबार बसेकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा गृहसचिव अर्यालले यस्ताे बताएका हुन्।

‘एक धर्मका मान्छेले अर्को धर्मकाे आस्थामा आक्रमण गरिरहेका छन्। धार्मिक झडप बढाएका छन्। यो विषय चुनौती बनेको छ,’ उनले भने।

गृहसचिव अर्यालले व्यक्तिमा रहेका हतियार शून्यमा झार्ने नीति लिएकाे बताए।

उनले भने, ‘हडपिएको सार्वजनिक जग्गा फिर्ता ल्याउन सबै प्रशासनलाई निर्देशन गरिएको छ। हतियारको नवीकरण ५०% मात्रै छ। व्यक्तिमा रहेका हतियार शून्यमा झार्ने नीति लिइएकाे छ।’

गृहसचिव अर्यालले प्रहरी समायोजन विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिए।

उनले ‍बालकुमारी घटनाको प्रतिवेदन अध्ययनको क्रममा रहेकाे पनि जानकारी दिए। गत पुस १३ गते ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरूले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?