सहकारी प्रकरण छानबिन अवधिभर गृहमन्त्री लामिछानेले पद छाड्नुपर्छ: कांग्रेस सांसद् बडु

सहकारी प्रकरण छानबिन अवधिभर गृहमन्त्री लामिछानेले पद छाड्नुपर्छ: कांग्रेस सांसद् बडु
+
-

काठमाडौं- प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडुले सहकारी प्रकरणकाे निष्पक्ष छानबिनकाे अवधिभर गृहमन्त्री रवि लामिछाने पदबाहिर बस्नुपर्ने जिकिर गरेका छन्।

बुधबार बसेकाे प्रतिनिधिसभाअन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा बोल्दै पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका राज्यव्यवस्था समिति सदस्य बडुले यस्ताे बताएका हुन्।

‘सूर्यदर्शन सहकारी ठगी मुछिएका व्यक्ति रवि लामिछाने भन्ने हाम्रो गृहमन्त्री नै हो कि अरू कोही? यदि उहाँ नै हो भने निष्पक्ष छानबिन गर्न पद किन नछाड्ने? छानबिन अवधिभर पद बाहिर रहनु होला भन्ने हाम्रो अपेक्षा छ,’ सदस्य बडुले भने।

उनले अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनाेद चाैधरीमाथि छानबिन हुँदैछ भन्ने पत्र कुन कानुनी व्यवस्थाअनुसार गरिएकाे हाे भनी प्रश्नसमेत गरेका छन्।

‘विनोद चौधरीमाथि छानबिन हुँदैछ भन्ने पत्र कुन कानुनी व्यवस्थाअनुसार गरिएको हो? सांसदलाई फौजदारी अभियोगमा पक्राउ गरेपछि मात्रै सभामुखलाई जानकारी दिने हो। पहिल्यै कि पत्र ह्यारेसमेण्ट गर्न त होइन?,’ बडुले भने।

बडुसँगै कांग्रेका सांसद्हरूले प्रतिनिधिसभाका बैठकहरूमा गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

धार्मिक झडपको विषय चुनौती बनेको छ: गृहसचिव एक नारायण अर्याल

धार्मिक झडपको विषय चुनौती बनेको छ: गृहसचिव एक नारायण अर्याल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?