रविको विषयमा ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाण आएकाे छैन: आइजिपी कुँवर

रविको विषयमा ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाण आएकाे छैन: आइजिपी कुँवर
+
-

काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले सहकारी ठगी प्रकरणकाे मुख्य समस्या जिबी राई रहेकाे बताएका छन्।

बुधबार बसेकाे प्रतिनिधिसभाअन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन्।

‘सहकारी ठगीको मुख्य समस्या जिबी राई हुन्। उनी मलेसिया रहेको जानकारी पाएका छौँं। सुपुर्दगी सन्धि नभएकाले सहयोग गर्न मलेसिया सरकार बाध्य छैन। हामी रेड कर्नर नोटिस, इन्टरपोललाई आग्रह गरेका छौं। उसले सहयोग गरेको छैन। रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाणपत्र आएको छैन,’ उनले भने।

आइजिपी कुँवरले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कुनै दबाबकाे प्रभावमा नछाडी स्वास्थ्य जटिलताले छाडेकाे बताए।

‘कृष्णबहादुर महरालाई स्वास्थ्यको जटिलताका कारण छाडेको हो। उहाँलाई कुनै दबाबकाे प्रभावमा हाजिर जमानीमा छाडेको होइन, ‘ उनले भने।

यस्तै, सुशासन समितिकाे बैठकमा कांग्रेसका सांसद दिलेन्द्र बडुले सहकारी प्रकरणकाे निष्पक्ष छानबिनकाे अवधिभर गृहमन्त्री रवि लामिछाने पदबाहिर बस्नुपर्ने जिकिर गरेका छन्।

उनले अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनाेद चाैधरीमाथि छानबिन हुँदैछ भन्ने पत्र कुन कानुनी व्यवस्थाअनुसार गरिएकाे हाे भनी प्रश्नसमेत गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?