गृहमन्त्री लामिछानेले भने-‘सहकारी ठगीमा मेरो नाम मात्रै हो’

गृहमन्त्री लामिछानेले भने-‘सहकारी ठगीमा मेरो नाम मात्रै हो’
+
-

काठमाडौँ-गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो नाम मात्रै भएको दाबी गरेका छन्। संसदीय समिति अन्तर्गत बुधबार राज्य व्यवस्था समितिको बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन्।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा दिनुपर्ने समितिमा आवाज उठाएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानले सहकारी ठगीमा आफ्नो नाम मात्रै भएको तर्क गरेका हुन्।

लामिछानेले भने,‘सहकारी ठगीमा मेरो नाम मात्रै छ,म माथि अनुसन्धान भएको छैन। उक्त प्रकरणसम्बन्धी बयानमा कसैले पनि मेरो नाम लिएको छैन र म विरुद्ध मुद्धा पनि परेको छैन।’

बैठकमा समिति सदस्य काँग्रेस सांसद बडुले सहकारी प्रकरणको निष्पक्ष छानबिनको अवधिभर गृहमन्त्री लामिछाने पदबाहिर बस्नुपर्ने जिकिर गरेका थिए। ‘सूर्यदर्शन सहकारी ठगी मुछिएका व्यक्ति रवि लामिछाने भन्ने हाम्रो गृहमन्त्री नै हो कि अरू कोही? यदि उहाँ नै हो भने निष्पक्ष छानबिन गर्न पद किन नछाड्ने? छानबिन अवधिभर पद बाहिर रहनु होला भन्ने हाम्रो अपेक्षा छ,’ सदस्य बडुले बताएका थिए।

उनले अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि छानबिन हुँदैछ भन्ने पत्र कुन कानुनी व्यवस्थाअनुसार गरिएको हो भनी प्रश्नसमेत गरेका थिए। बडुसँगै कांग्रेका सांसद्हरूले प्रतिनिधिसभाका बैठकहरूमा गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरिरहेका छन्।

बैठकमा उपस्थित भएका नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले सहकारी ठगी प्रकरणको मुख्य समस्या जिबी राई रहेको बताएका छन्।

‘सहकारी ठगीको मुख्य समस्या जिबी राई हुन्। उनी मलेसिया रहेको जानकारी पाएका छौँं। सुपुर्दगी सन्धि नभएकाले सहयोग गर्न मलेसिया सरकार बाध्य छैन। हामी रेड कर्नर नोटिस, इन्टरपोललाई आग्रह गरेका छौं। उसले सहयोग गरेको छैन। रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाणपत्र आएको छैन,’उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?