
सिमकोट – बिहीबारबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागिता जनाउने परीक्षार्थीलाई लालीगुराँसको माला लगाएर बिदाइ गरिएको छ।
विद्यालयले विद्यार्थीको परीक्षाको पूर्ण सफलताको कामना गर्दै बिदाइ कार्यक्रम आयोजना गरेको हो।
ताँजाकोट गाउँपालिकाको धर्मोदय माविले यस वर्ष आफ्नो विद्यालयबाट एसईईमा सहभागिता जनाउने परीक्षार्थीलाई एक कार्यक्रम आयोजना गरी लालीगुराँसको माला लगाएर बिदाइ गरिएको ताजाकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्ध ढकालले बताए।
उक्त विद्यायमा ७८ जना नियमित र एक जना ग्रेडवृद्धिका विद्यार्थीले एसईईमा सहभागिता जनाउँदै छन्।