प्यालेस्टाइनमा इजरायली आक्रमण रोक्न माग गर्दै नेपाली चिकित्सकहरूको र्‍याली (तस्बिरसहित)

प्यालेस्टाइनमा इजरायली आक्रमण रोक्न माग गर्दै नेपाली चिकित्सकहरूको र्‍याली (तस्बिरसहित)
+
-

काठमाडौं- सामाजिक उत्तरदायित्वका लागि चिकित्सक, नेपाल संस्थाले प्यालिस्टाइनमा भएको इजराइलको आक्रमणको भर्त्सना गरेको छ ।

इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रका अस्पताल तथा स्वास्थ्य क्षेत्रमा गरेको बमबारीको नेपाली चिकित्सकले भर्त्सना गर्दै र्‍याली गरेका हुन् ।

शुक्रबार दिउँसो भएको उक्त र्‍याली त्रिवी शिक्षण अस्पतालदेखि लाजिम्पाटस्थित इजराइली दुतावासको कार्यालयसम्म पुगेको हो ।

बिरामी, स्वास्थ्यकर्मी, चिकित्सक तथा निर्दोष नागरिकको हत्या गरेको तथा स्वास्थ्य पूर्वाधार ध्वस्त पारेको भन्दै उनीहरूले ब्यानर बोकेर नारावाजी गर्दै विरोध जनाएका हुन् । उनीहरूले नरसंहार हत्या तथा हिंसात्मक गतिविधि तत्काल रोक माग गरेका हुन् ।

चिकित्सकले आफूहरू प्यालेस्टाइनी जनताको साथमा रहेको समेत बताएका छन् । इजरायलले अल अहली ब्याप्टिस्ट अस्पतालमा आक्रमण गर्दा कम्तीमा ५०० जनाको ज्यान गएको थियो । आक्रमणबाट ज्यान गुमाउनेमा बालबालिका तथा महिला थिए । इजरायलले संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीको आवासीय विद्यालयमा समेत आक्रमण गरेको थियो ।

पछिल्लो पाँच महीनादेखि जारी बमबारी र गोली प्रहारबाट ३१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । मृतकमध्ये १३ हजारभन्दा बढी बालबालिका छन् ।

हमासले नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीलाई समेत बन्धक बनाएको छ ।

विपिनलगायत बन्धक बनाइएका सबैको रिहाइको माग गर्दै सामाजिक उत्तरदायित्वका लागि चिकित्सक, नेपाल संस्थाले विरोधका कार्यक्रमहरू गर्दै आइरहेको छ ।

थप तस्बिरहरू:

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’