धोनीको विष्फोटक इनिङ तर पहिलो पटक हार्‍यो चेन्नई

धोनीको विष्फोटक इनिङ तर पहिलो पटक हार्‍यो चेन्नई
+
-

इन्डियन प्रिमियर लिग (आइपिएल) मा जारी सिजन पहिलो पटक ब्याटिङ गरेका महेन्द्र सिंह धोनीले विष्फोटक इनिङ खेलेपनि चेन्नई पहिलो पटक पराजित भएको छ। आइतबार राति दिल्लीले सिजनमा पहिलो जित निकाल्ने क्रममा चेन्नईलाई २० रनले पराजित गर्न सफल भयो।

आठौं नम्बरमा ब्याटिङका लागि क्रिजमा आएका धोनीले विष्फोटक इनिङ खेलेपनि त्यो टिमका लागि ढिला भइसकेको थियो। चेन्नई तेस्रो खेलमा पहिलो हार भोग्न बाध्य भयो। दिल्लीको भने यो तेस्रो खेलमा पहिलो जित हो।

विशाखपट्नामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो। दिल्लीका लागि डेभिड वार्नर र ऋषभ पन्तले अर्धशतकीय इनिङ खेलेका थिए। वार्नरले ५२ रन बनाउँदा ऋषभले ५१ रन बनाएका थिए। त्यस्तै पृथ्वी साहले ४३ रन बनाउँदा मिचेल मार्सले १८ रन जोडे। चेन्नईका लागि मथिसा पथिरानाले ३ विकेट लिएका थिए।

१ सय ९२ रनको लक्ष्य पछ्याएको चेन्नईका लागि आठौं नम्बरमा ब्याटिङका लागि आएका महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ३७ रनको अविजित इनिङ खेल भने उनलाई रविन्द्र जडेजाले २१ रनमा साथ दिएपनि टिम २० रनले पराजित भयो।

उसका लागि थप दोहोरो रनको स्कोरका रुपमा आजिंक्य रहाणेले ४५ रन बनाउँदा ड्यारी मिचेलले ३४ रन बनाए भने शिवम् दुवेले १८ रन बनाएका थिए। दिल्लीका लागि मुकेश कुमारले ३ विकेट लिंदा खलिल अहमेदले २ तथा अक्षर पटेलले १ विकेट लिए।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’