नयाँ वर्षः पोखरा र घान्द्रुकका होटलमा छुट

नयाँ वर्षः पोखरा र घान्द्रुकका होटलमा छुट
+
-

पोखरा – नयाँ वर्षमा पोखरा घुम्ने आउने पर्यटकले होटलको बसाँइमा छुट पाउने भएका छन्। होटल संघ पोखराले पाहुनालाई छुटको योजना ल्याएको हो।

चैत २९ देखि बैशाख १ गतेसम्म संघको आयोजनामा १९ औं फेवा नव वर्ष महोत्सव हुँदैछ। ‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ आयोजना गरिएको महोत्सवको अवसरमा होटलले पाहुनलाई छुटको योजना ल्याएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
होटल संघ पोखरा मातहातका होटलले मात्रै छुट उपलब्ध गराउने उनको भनाइ छ। ‘हामीले संघ मातहातका होटलहरुमा प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुटको घोषणा गरेका छौं’, उनले भने।

पोखरा आसपासमा झन्डै १ हजार २०० होटल व्यवसाय सञ्चालनमा छन्। ४० हजार पाहुन राख्न सक्ने ती होटलसँग क्षमता छ। संघमा भने ४२५ होटल मात्रै आबद्ध रहेको छन्। सुवेदीका अनुसार संघमा आबद्ध सबै होटलमा अनिवार्य छुटको व्यवस्था गरिएको छ।

नयाँ वर्षमा पोखरा आउने पर्यटकलाई अन्य पर्यटन व्यवसायीले पनि सेवामा पनि भारी छुटको प्रतिबद्धता गरेको उनले सुनाए। छुटको नाममा झन् चर्को मूल्य लिने गरेको व्यवसायीलाई आरोप लाग्ने गरेको छ। संघका अध्यक्ष सुवेदी भने पूरानै दररेटमा छुट हुने दाबी गर्छन्।

नयाँ वर्ष मनाउने पोखरा आउने पर्यटकलाई लक्षित गर्दै संघले वर्षेनी फेवा नव वर्ष महोत्सव गर्दै आइरहेको छ। अंग्रेजी नयाँ वर्ष पोखरामै मनाउनुपर्छ भन्ने एकखालको ट्रेन्ड छ। पछिल्ला वर्षहरुमा नेपाली नयाँ वर्ष मनाउने पर्यटक पोखरा आउने क्रम बढिरहेको पोखराका पर्यटन व्यवसायी बताउँछन्।

पोखराको ड्यामसाइडदेखि खहरेचोकसम्मको सडकमा तीन दिन महोत्सव हुनेछ। यो वर्षको महोत्सव सफल पार्नलाई २१ समिति चयन गरिएको छ।

सडकका हरेक चौतारीमा साँस्कृतिक कार्यक्रम हुने संघका अध्यक्ष सुवेदीले बताए। झन्डै ३ लाख पर्यटकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ। कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सघाउने उदेश्यले महोत्सव आयोजना गरिएको हो।

परम्परागत नेपाली खानाको प्रबद्र्धन, साँस्कृति झाँकीको कार्यक्रम, लोकदोहोरी र पप कन्सर्ट, स्थानीय कलाकारको साँस्कृतिक नृत्य, हाँस्यव्यंग्य प्रस्तुती, पर्यटक दौड प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन्।

घान्द्रुकमा ३० प्रतिशत छुट

नयाँ वर्षको छेकोमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सवको आयोजना गरेको हो।

चैत २७ देखि ३० गतेसम्म घान्द्रुकको मेश्रम बराहमा माविमा पर्यटन महोत्सव चल्नेछ। सबै मौसममा घान्द्रुक घुम्न उपयुक्त रहेको सन्देश दिनलाई महोत्सव आयोजना गरेको संयोजक अमृत लामा गुरुङले बताए।

महोत्सवमा साँस्कृतिक र खेलकुदका गतिविधि हुने उनले जानकारी दिए। गुरुङका अनुसार भलिबल, बास्केटबल, घोडा दौड, चक्रीय पदमार्गमा दौड, छेलो प्रतियोगितासँगै ह्विलचिर बास्केटबल पनि हुनेछ।

पुरुषतर्फ भलिबलको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ७० हजार प्राप्त गर्नेछ। महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ हात पार्नेछन्।

खुला बास्केटबलको उपाधि विजेतालाई १ लाख र उपविजेतलाई ६० हजार रुपैयाँ प्रदान गरिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ।

घोडा दौडको विजेताले ५५ हजार ५५५ रुपैयाँ जित्नेछ। दोस्रो र तेस्रोले क्रमशः २७ हजार ७७७ र ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन्। ९.५ किलोमिटर दूरीमा घोडा दौड हुनेछ।

यस्तै, ५.५ किलोमिटरको दूरीमा हुने चक्रिय पदमार्ग दौडको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन्।

पर्यटन महोत्सवले घान्द्रुकको पर्यटनलाई उचाईमा पु¥याउने विश्वास गरिएको छ। नयाँ वर्षको छेकोमा हुन लागेको महोत्सव अविधिभर घान्द्रुक पुग्ने पर्यटकले छुट पाउने छन्। ३ दिन घान्द्रुक आउने पर्यटकलाई ३० प्रतिशत छुटको व्यवस्था गरेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए।

गुरुङका अनुसार प्रतियोगितामा सहभागी हुन जाने खेलाडीका लागि ६ सय रुपैयाँको प्याकेज उपलब्ध हुनेछ। घान्द्रुुकमा सञ्चालित ८५ बढी होटल र होमस्टेमा छुटको व्यवस्था रहेको उनको भनाइ छ।

गुजुमुज्ज परेको ढुंगेनी वस्ती घान्द्रुक पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको गन्तव्य हो। सन् १९५० ताका फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखरमा पाइला टेकपछि घान्द्रुकमा विदेशी पर्यटक उक्लन थालेका हुन्। सडक पुगेसँगै घान्द्रुकले आन्तरिक पर्यटकलाई बढी अतिथि सत्कार टक्राइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?