प्रचण्डको परिपत्रपछि कर्णालीमा माओवादी नेताहरू विभाजित

प्रचण्डको परिपत्रपछि कर्णालीमा माओवादी नेताहरू विभाजित
+
-

सिमकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संसदमा विश्वासको मत लिन लागेको एक दिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका लागि बाटो खुला गर्न निर्देशन दिँदा कर्णालीमा माओवादीका नेताहरू विभाजित भएका छन्।

केन्द्रमा सत्ता गठबन्धनबीच भएको सहमतिविपरीत शर्माले मंगलबार (आज) संसदमा विश्वासको मत लिने घोषणा गरेका थिए। तर, शर्माको उक्त कदम पार्टी अध्यक्ष प्रचण्डले रोकिदिएपछि माओवादीका प्रदेश नेताहरू विभाजित बनेका हुन्। मुख्यमन्त्री शर्माले विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेका थिए।

केन्द्रमा गठबन्धन बदलिएसँगै गत २२ फागुनमा नेपाली कांग्रेसले शर्माको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुरूप महिना दिन पुग्न दुई दिनअघि शर्माले विश्वासको मत लिन लागेको जानकारी संसदलाई गराएका थिए।

याे पनि पढ्नूहाेस्: इलाम २ उपनिर्वाचनः कांग्रेस अझै अनिर्णित, अन्य दलले बढाए चुनावी सरगर्मी

गठबन्धनमा कर्णालीको नेतृत्वका लागि सत्ता साझेदार दल नेकपा एमालेसँग लामो रस्साकस्सीपछि शर्माले विश्वासको मत लिन लागेको अन्तिम घडीमा प्रचण्डले फालेको सत्ता कार्डले माओवादीहरू कर्णालीमा दुई धारमा विभाजित भएका छन्।

सोमबार माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनमा भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई फोन सम्पर्क गरी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न निर्देशन दिएका थिए। सत्ता गठबन्धनको भागवण्डामा कर्णाली एमालेलाई दिनेगरी माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको जनाइएको थियो।

प्रचण्डको उक्त कदमले गठबन्धन दल माओवादी केन्द्र र एमालेबीच लामो समयदेखि भागवण्डाका विषयमा विवाद हुँदै आएको कर्णाली प्रदेशको नेतृत्व आफ्नै पार्टीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेपछि अन्ततः एमालेले गर्ने सम्भावना बढेको छ।

आफ्नै पार्टीका नेता मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका बेला प्रचण्डले एमालेलाई समर्थन गर्न निर्देशन दिएपछि एमालेले मुख्यमन्त्री पाउने सम्भावना बढेको हो।

यद्यपि मुख्यमन्त्री शर्माले  विश्वासको मत लिने र अन्य कुरा थाहा नभएको बताइसकेका छन्। तर कर्णालीका इन्चार्ज मल्ल भने केन्द्रको निर्देशन मान्ने पर्ने बताउँछन्।

याे पनि पढ्नूहाेस्: उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न देउवाद्वारा कार्यसम्पादन समितिको बैठक आह्वान

याे पनि पढ्नूहाेस्: सरकारको विषयलाई लिएर रेशम र रञ्जिता पक्षबिच ‘कुटाकुट’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?