राजीनामाको तयारीमा मुख्यमन्त्री पाण्डे, पार्टीका सांसदसँग छलफल गर्दै

राजीनामाको तयारीमा मुख्यमन्त्री पाण्डे, पार्टीका सांसदसँग छलफल गर्दै
+
-

पोखरा- राजीनामा दिने तयारीमा रहेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीका सांसदसँग छलफल गर्ने भएका छन्।

मंगलबार दिउँसो राजीनामाको विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक डाकिएको हो।

दिउँसो ३ बजे मुख्यमन्त्री निवासमा बैठक बस्ने तय भएको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानले बताए। ‘सबैलाई खबर पठाएका छौं। जति उपलब्ध हुनुहुन्छ बैठक बस्छ,’ उनले भने।

मुख्यमन्त्रीले विश्वासकोे मत लिने वा राजीनामा दिने विषयमा छलफल हुने बताए। ‘समसामयिक विषयवस्तुमा छलफल हुन्छ प्रदेशको’, न्यौपानेले संक्षिप्त प्रतिक्रिया दिए।

प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालका अनुसार मुख्यमन्त्री पाण्डेले चैत २२ गते राती १२ बजेभित्र नै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। फागुन २२ गते नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

समर्थन फिर्ता लिएको दिनलाई समेत गनेर ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुन अधिकृत रिजालले बताए। मुख्यमन्त्रीले विश्वासको मत लिनलाई आज दिउँसो २ बजेभित्र प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्ने उनको भनाइ छ।

‘प्रदेशसभा नियमावलीमा विश्वासको मत लिने २ दिन अगाडि प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्ने छ,’ उनले भने। आज नै २ बजेपछि जानकारी गराएमा आजको दिन मानिँदैन।

याे पनि पढ्नूहाेस्: प्रचण्डको परिपत्रपछि कर्णालीमा माओवादी नेताहरू विभाजित

दिउँसो ३ बजेपछि पार्टीका सांसदसँग छलफल गर्ने तयारीमा जुटेकाले पनि मुख्यमन्त्री पाण्डे राजीनामाको तयारीमा रहेको आंकलन गर्न सकिन्छ। मुख्यमन्त्री निकट स्रोतले पनि राजीनामाको तयारीमा रहेको बताएको छ। स्रोतका अनुसार राजीनामा दिएर ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा दोहोरिने दाउमा उनी छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २७ गते अगाडि सरकारमा जान नजाने निर्णय नलिने दोहोर्‍याइरहेकाले पनि पाण्डे ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने आश गरेका हुन्।

पाण्डेले राजीनामा दिएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नेछन्। प्रदेश प्रमुखले अहिलेसम्म भएका अभ्यासअनुसार बढीमा ७ दिनको म्याद दिएर मुख्यमन्त्रीमा दाबी पेशको आह्वान गर्ने आंकलन छ।

राप्रपाको समर्थनबिना एमाले माओवादी गठबन्धले पनि संविधानको धारा १६८ (२) अनुसार बहुमत जुटाउन सक्ने अवस्था छैन। उपधारा २ अनुसार सरकार बन्न सकेन भने प्रदेश प्रमुखले धारा ३ अनुसार सरकार गठनको लागि आह्वान गर्नेछन्। उपधारा ३ मा प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने प्रावधान छ। यही प्रावधानअनुसार पाण्डे पुनः मुख्यमन्त्री नियुक्त हुने आशका साथ राजीनामाको तयारी गरेका हुन्।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत पुर्‍याउन ३१ सदस्य चाहिन्छ। ठूलो दल कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८ (सभामुखसहित), राप्रपाको २ र स्वतन्त्र जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका १ सांसद छन्। राप्रपाले समर्थन नगरेसम्म कांग्रेस न एमाले माओवादी गठबन्धनको सरकार बन्न सक्दैन।

कांग्रेसलाई राप्रपाले समर्थन गरेर मात्रै पुग्दैन। एमाले माओवादी गठबन्धनका एक जना सांसदले फ्लोर क्रस गर्नैपर्छ। नेकपा माओेवादी केन्द्रको चुनाव चिह्नबाट जितेका नेसपाका फणीन्द्र देवकोटाले फ्लर क्रस गर्ने कांग्रेसको दाबी छ।

उसो त दीपक मनाङेलाई पनि एमाले माओवादी गठबन्धनमा फर्काउने कसरत भइरहेको छ। स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी रोजेका राजीव गुरुङ (दीपक मनाङे) लाई सत्ता जोगाउने दाउमा पाण्डेले आफू अल्पमतमा परेपछि भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयको बागडोर सुम्पिएका छन्। स्वतन्त्र हैसियत मागेको भोलिपल्टै मन्त्री बनेका उनलाई गठबन्धनमा फर्काउन एमाले माओेवादीका नेता लागिपरेका छन्।

याे पनि पढ्नूहाेस्: इलाम २ उपनिर्वाचनः कांग्रेस अझै अनिर्णित, अन्य दलले बढाए चुनावी सरगर्मी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?