देशसञ्चार चौतारी : भाग-३८

‘मागेर देश धनी हुँदैन’

+
-

काठमाडौँ- देशसञ्चार चौतारीको यसपटकको अंकका लागि हामीले पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यलाई निम्त्याएका छौँ। बंगलादेशका लागि नेपालका राजदूत र राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिसमेत रहिसकेका आचार्यले कूटनीतिबारे ६ वटा किताब लेखिसकेका छन्।

करिब डेढ दशकदेखि अवकाशप्राप्त जीवन बिताइरहेका आचार्य अहिले ट्विटमा सक्रिय छन्, विभिन्न घटनाक्रममा घोचपेच गरिरहन्छन्।

परराष्ट्रसेवामा सहसचिवका रुपमा मात्र पसेका आचार्य यसअघि नै निजामती सेवामा भने कार्यरत थिए। यद्यपि उनी एमएस्सी सकेर निजामती सेवामा प्रवेश गरेका हुन्।

जागिरे जीवन सकेर उनी अहिले आफ्ना अनुभवहरु किताबमार्फत तथा विभिन्न अन्तर्क्रियामार्फत पोख्ने गर्छन्। समाचार थाहा पाउने रअन्तर्क्रिया गर्ने ठाउँ ट्विटरलाई बनाएको उनी बताउँछन्।

परराष्ट्रसेवा कमन सेन्स भएको उनी बताउँछन्। विशिष्ट प्रकारको काम भईकन पनि यो कुनै रकेट साइन्स भने नभएको उनी बताउँछन्। सरकारी जागिरको प्रतिष्ठा भएर आफू यस क्षेत्रमा लागेको उनी बताउँछन्।

‘नेपाल वर्ल्डभ्यू’ भन्ने पुस्तक नेपालको बारेमा नेपाली लेखकले लेखेको कूटनीतिसम्बन्धी पुस्तकका रुपमा आफूले तयार गरेको उनले अन्तर्क्रियाका क्रममा बताए। नेपालको पनि फरक विश्वदृष्टि भएको उल्लेख गर्दै जलवायु परिवर्तनजस्ता विषय मौलिक शास्त्रहरुमै समेटिएको उनले बताए। ‘हामी पनि सफ्ट पावर हुनसक्छौँ भन्ने रुपमा मैले नेपाललाई हेरेको छु,’ उनले भने।

सार्कको सम्मेलनमात्र नभएको तर यसका गतिविधि जारी रहेको उनले कार्यक्रमका क्रममा बताए। चीनलाई सार्कको पर्यवेक्षक बनाउनु सही निर्णय भएको उनले बताए। पात्र परिवर्तन हुँदा कतिपय पुराना विषयलाई डिफेन्स नगर्ने गलत शैलीको उनले विरोध गरे।

परराष्ट्रनीति गतिशील, सन्तुलित र साइकल चलाएजस्तो हुनुपर्ने उनी बताउँछन्। म्याचोरिटी नआएको राजनीति भएकाले कूटनीतिमा राजनीति हाबी भएको उनको दाबी थियो।

कूटनीतिक भेटहरुको रेकर्ड हुनुपर्ने र व्यक्तिगत स्वार्थका लागि यस्ता भेटहरु हुनु नहुने उनी बताउँछन्। विदेशी राजदूतलाई भेट्न पाउँदा केके न भएजस्तो नेपाली मन्त्रीहरुलाई लाग्ने उनी बताउँछन्।

आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप स्वाभाविक भएको तर हामीले नै यसका लागि स्पेस छोडिदिएको उनले बताए। ‘उनीहरुलाई म दोष दिन्न, हामीले आफ्नो स्वार्थमा चल्नुपर्छ, पानी तताएर बाक्लो हुँदैन, खुसी पारेर विदेशी आफ्नो हुँदैन,’ उनले भने।

मन्त्रीहरु स्थायी र कर्मचारी अस्थायी भएको प्रसंग उनले रमाइलोसँग सुनाए कार्यक्रममा। ‘लोकसेवा पास गरेर मन्त्री भएजस्ता छन्,’ उनले भने।

न्यूनतम अनुभव पनि नभएका व्यक्तिलाई राजदूत बनाउँदा उनीहरुलाई ‘अन द जब ट्रेनिङ ‘ जस्तो हुने उनले बताए।

शान्तिप्रक्रिया नेपालकै होमग्रोन प्रक्रिया रहेको दाबी पनि उनले गरे। ‘बाह्रबुँदेलगायत प्रक्रिया भारतले गराए पनि सम्झौताका क्रममा भने भारतको हात नभएको कुरा हामीले अन्तर्राष्ट्रिय मञ्चहरुमा राख्ने गरेका छौँ,’ उनले भने।

आचार्यसँग गरिएको देशसञ्चार चौतारीको पूरा भाग:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?