राजीनामापछि पाण्डेले भने- ‘जे भइरहेको छ, जनताको पक्षमा छैन’

राजीनामापछि पाण्डेले भने- ‘जे भइरहेको छ, जनताको पक्षमा छैन’
+
-

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा बुझाएका छन् । बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पाण्डेले राजनीमा बुझाएका हुन् ।

फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । सत्ताको बागडोर जोगाउन पहिला माधवकुमार नेपालले पटक-पटक आग्रह गरे पनि अटेरीपन देखाएका पाण्डेले राजिव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनाए ।

सत्ता जोगाउन निकै दौडधूप गरेका पाण्डेले राप्रपाको समर्थन पाउने अवस्था रहेन । राप्रपाका २ सांसदलाई नै मन्त्रीको अफर फ्याँकेका पाण्डेले राप्रपाको साथ नपाएपछि राजीनामा दिन बाध्य भएका हुन् । चैत २७ गतेसम्म राप्रपा आन्दोलनमा भएकाले आफूले विश्वासको मत नलिइ राजीनामाको बाटो रोजेको पाण्डेले नै खुलाए ।

वैशाख १४ गते माओवादी केन्द्रको समर्थन लिएर नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकीका मुख्यन्त्री नियुक्त भएका थिए । तर, वर्ष दिन नपुग्दै राजीनामा दिनुपर्यो ।

पदबाट राजीनामा दिएपछि पाण्डेले मुलुकको नेतृत्व गर्ने नै अस्थिरताका कारक बनेको आरोप लगाए ।

‘पहिलाको संविधानमा भएका भन्दै केही संसदीय पक्रियालाई स्थिरता दिने खालको बनाउनुपर्छ भनेर २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने, अविश्वासको प्रस्ताव पारित गरेपछि एक वर्षभित्र फेरी ल्याउन नपाउने भन्या स्थिरताको लागि गर्या काम हो’, मुख्यमन्त्री पाण्डेले भने, ‘संविधानबाट स्थिरता त ल्याउन खोज्यौं । तर, जस्ले स्थिरता कायम गर्नुपर्ने हो अथवा मुलुकको नेतृत्व जल्ले गर्ने हो उहाँ नै अस्थिर बनेको कारण समस्या ज्यूँकात्यूँ रह्यो ।’ पाण्डेको टिप्पणी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित रहेको छ ।

राजनीतिक दल मिलेर मुलुकमा स्थिरता कायम होस् भन्ने जनताको चाहना रहेको उनको भनाइ छ । ‘आर्थिकरुपमा समृद्धितर्फ अगाडि बढोस् भन्ने जनताको चाहना छ । न कि हरेक एक वर्षमा तीन चोटि सरकार फेरबदल होस् । केबल सत्ता स्वार्थका लागि आफुलाई व्यक्ति केन्द्रित गरेर यस्ता अस्थिरताका नगरुन् भन्ने हो’, उनले भने ।

अहिले घटिरहेका घटनाक्रम जनताको चाहना विपरीत भएको उनको टिप्पणी छ । सत्ता फेरबदलको विषयमा राजनीतिक दलका नेतृत्वले गम्भीर चिन्तन गर्नुपर्ने उनको सुझाव छ । संवैधानिक रुपमा दलका नेतृत्वले गरेका काम ठीक भएपनि जनताको पक्षमा नभएको उल्लेख गरे ।

‘यसै पनि नेपाली जनताहरुमा आर्थिक मन्दी, रोजगारीकाका कारणले गर्दाखेरी नैराश्यता सिर्जना भइरहेको छ । यस्ता घटनाक्रमले उनीहरुलाई आशा जगाउने भन्दापनि झन् निराशातर्फ लैजाने वातावरण हामीले बनाइरहेका छौं । जसले गर्दा हामीले ल्याएको संविधान, व्यवस्थाप्रति फेरि प्रश्न उठाउन चाहनेहरुलाई मलजल भा’को छ’, उनले भने ।

गत वर्षको पुस २५ गते गण्डकीमा माओवादी र राप्रपाको समर्थन जुटाएर नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए । चैत १० मा गण्डकीमा माओवादीले एमालेलाई दिएको समर्थन फिर्ता लियो । प्रदेश सभामा विश्वासको मत नपाएपछि बैशाख ९ गते खगराज अधिकारी नेतृत्वको सरकार ढल्यो । र सुरेन्द्रराजले प्रदेश सरकारको नेतृत्वको अवसर पाए ।

कार्यकालमा गण्डकीलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउन इमानदारीपूर्वक काम गरेको उनको दाबी छ । शुसासनको प्रत्याभूति दिने कुरामा पनि कसैसँग तुलना त गर्न चाहन्नँ । तर, गण्डकी प्रदेश एक नम्बर थियो भन्ने लाग्छ’, उनको दाबी छ ।

संघीयता कार्यन्वयनमा सबै प्रदेशसँग सहकार्य गरेर अगाडि बढेको सुनाए । उनी आफ्नो कार्यकालबाट सन्तृष्ट रहेको बताए ।

पाण्डेले राजीनामा दिएपछि हालसम्म भएका अभ्यास अनुसार बढीमा हप्ता दिनको म्याद दिएर प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नेछन् । सरकार गठनको आह्वान भएपछि पाण्डेले नयाँ सरकार बनाउन सक्दो प्रयास गर्ने बताएका छन् ।

‘गण्डकीको सबैभन्दा ठूलो दलको नेताको हैसियतले मैले पनि दुई वा दुई भन्दा बढी दलहरुको समर्थन प्राप्त गर्न सके भने यही प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त हुन सक्छु’, उनले थपे,’यदि अरुको दलको नेताहरुले पुर्याउन सक्नुभयो भने उहाँहरु बन्नुहुन्छ । त्यो पक्रिया सकियो भने मात्रै ठूलो दलको हैसियतले मुख्यमन्त्री बन्ने हो ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?