
काठमाडाैँ – कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले इलाम निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको तर्फबाट उम्मेदवार आज बुधवार टुंगिने बताएका छन्।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता महतले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले आजै (बुधवार नै) उम्मेदवार तय गर्ने बताए। उनीले अब उम्मेदवार चयन गर्न ढिला गर्नु आवश्यक नभएको बताए।
त्यस्तै उनीले नेपाली कांग्रेसजस्तो संसदीय मर्यादामा चल्ने अरु कुनै पार्टी नभएको बताए। उनीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले ठूला ठूला कुरा गरे पनि उनीहरुलाई कुनै मर्यादाको बारेमा थाहा नभएको बताए।
उनले भने, ‘धेरै ढिलो गर्ने काम छैन। आज टुंगिन्छ। नेपाली कांग्रेसजस्तो संसदीय मर्यादामा चल्ने पार्टी कुनै पनि छैन। अहिलेसम्मको संसदीय इतिहासको रेकर्डलाई हेरे हुन्छ। उनीहरुलाई न संसदीय व्यवस्थाको अनुभव छ। उनीहरु ठुल्ठूला कुरा गर्नुहुन्छ। उनीहरुलाई कुनै मर्यादाको बारेमा थाहा छैन। हामीले कुनैपनि विषयमा प्रश्न उठ्नेबित्तिकै राजीनामा दिएको इतिहास छ।उनी स्पष्ट रुपमा संलग्न हुनुहुन्थ्यो सहकारी प्रकरणमा। स्पष्ट देखिएको छ। हामीले त राजीनामा पनि भनिराखेका छैनौँ। छानविन समिति बनोस्। छानविन समितिले जे निष्कर्ष निस्किन्छ, उनी दोषि देखिनु भयो भने त्यसबेला राजीनामा हो। त्यसकारण छानविन समिति बनाउन किन आपत्ति रु यो नगर्नुको कारण के स्पष्ट छ भने उनको संलग्नता छ।’
प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता भएका कारण संसदीय छानबिन समिति बनाउन तयार नभएको बताए।