फाइनलमा पुगिसकेको नेपाल आज बरोडासँग भिड्दै

फाइनलमा पुगिसकेको नेपाल आज बरोडासँग भिड्दै
+
-

काठमाडौं- गुजरात भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले शुक्रबार एसएमएस फ्रेन्डसिप टी-२० कप क्रिकेटमा बरोडासँग खेल्दै छ।

लिग चरणको अन्तिम खेलमा नेपाल शतप्रतिशत जितसहित उपाधिको होडमा आफूलाई बलियो बनाउन चाहन्छ। खेलमा नेपाल सुरुवाती तीन खेलमा जितेर आत्माविश्वासी बनेको छ। बरोडा भने आफ्ना सबै सुरुवाती तीन खेलमा पराजित भएकाले फाइनल पुग्न बञ्चित भएको छ। नेपालले फाइनल आइतबार गुजरातसँग खेल्नेछ।

बरोडासँगको अघिल्लो खेलमा नेपालले २७ रनको जित निकालेको थियो। १ सय ५७ रनको लक्ष्य पछ्याएको बरोडा २० ओभरमा १ सय २९ रनमा अलआउट भएको थियो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो भने फाइनल पुग्ने क्रममा गुजरातलाई दोस्रो खेलमा ८ रनले हराएको थियो।

नेपालसँग हारे पनि गुजरातले भने बरोडालाई ५ विकेट र ५७ रनले पराजित गर्दै पुन:फाइनलमा नेपालसँगको भेट पक्का गर्यो। नेपालले अर्को सातादेखि ओमानमा हुने एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तयारीका लागि यो प्रतियोगितालाई लिएको छ।

प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ। नेपाल उक्त प्रतियोगिताकै तयारीका लागि गुजरात पुगेको हो। नेपाल गुजरातबाटै ओमान प्रस्थान गर्ने तयारीमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?