इलाम क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीले जित्छः खनाल

इलाम क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीले जित्छः खनाल
+
-

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन्।

इलाममा शनिवार सञ्चारकर्मीसँग उनले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताए। उनले अरु पार्टीले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वान गरे।

उनले नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको बताए। उनले पछिल्लो सत्ता गठबन्धनका नेताले बुद्धि पु¥याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको जिकिर गरे। उनले अहिले विचार मिल्नेहरूको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने बताए।

उनले भने, ‘नेपालको राष्ट्रिय राजनीति यो पछिल्लो निर्वाचनपछि निकै नराम्रो ढंगले अल्मलियो। दिशाहीन हुने हो कि के हो ? भन्ने डरलाग्दो परिस्थिति सिर्जना भएको थियो। पछिल्लो अवधिमा आएर फेरि अलि विचार मिल्नेहरुको बीचमा एकता गर्नुपर्छ भनेर अहिले वामपन्थी शक्तिको सरकार बनेको छ। अहिले हामी अलग–अलग हिँडौँ, प्रतिष्पर्धा गरौँ, आफ्नो आफ्नो शक्ति निर्माण गरौँ, अझै ठूलो चुनौतीपूर्ण परिस्थितिमा अझै राम्रो एकता होला भन्ने हिसावले अहिले यसमै सहमति गरेका हौँ। यो प्रतिष्पर्धाको सहमति हो। हाम्रो उम्मेदवारी फिर्ता हुँदैन। नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ। इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ। हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ। धेरै चकित हुनेछन्।’ उनले अहिलेको सत्ता सहकार्य प्रतिष्पर्धाको मात्रै भएको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?