आफ्नै कीर्तिमान सुधार्दै कुलुङले जिते ‘मञ्जश्री ट्रेल रेस’ को उपाधि

आफ्नै कीर्तिमान सुधार्दै कुलुङले जिते ‘मञ्जश्री ट्रेल रेस’ को उपाधि
+
-

काठमाडौं-  नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ को चौथो संस्करणको उपाधि अर्जुन कुलुङले जितेका छन्। खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ सुरु गरिएको यो प्रतियोगिताको चौंथो संस्करणमा कुलुङ लगातार दोस्रो पटक च्याम्पियन बने।

प्रतियोगिताका विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघि आफैले बनाएको कीर्तिमान तोड्दै अर्जुन कुलुङ विजेता बने। कुलुङले २६ घण्टा ५० मिनेट १५  सेकेन्डमा रेस पूरा गर्दै उपाधि जित्न सफल भए। यसअघि कुलुङले सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डमा रेस पुरा गर्दै आफ्नै कीर्तिमान भंग गरेका थिए।

त्यस्तै बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा रेस पूरा गर्दै उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४०  सेकेन्डमा रेस पूरा गर्दै विजय मगर तेस्रो भए। सय किलोमिटर रेस तर्फ १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मन कुमार रोका मगर विजेता बने त्यस्तै १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेर फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७  सेकेन्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए।

५० किलोमिटर रेस ७ घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ ८ घण्टा २२ मिनेट ५ सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने। यो रेसमा पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमशस् ७ घण्टा १८ मिनेट ११ सेकेन्डमा र ९ घण्टा १३ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर दोस्रो भएका छन्।

यस्तै पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमशस् ८ घण्टा ४ मिनेट ३६ सेकेन्डमा र ९ घण्टा १६ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरेर तेस्रो भए। यस संस्करणमा १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडी स्वत: एसिया ट्रेल मास्टर्समा छनोट भएको अध्यक्ष थापाले जानकारी दिए।  उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिष्पर्धा गर्ने छन्।

त्यस्तै ३० किलोमिटर रेस ४ घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने। त्यस्तै ४ घण्टा ५७ मिनेट २९  सेकेन्डमा रेस पूरा गरेर लुकास सेर्डन उपविजेता बन्दा ४ घण्टा ५७ मिनेट ४५  सेकेन्डमा रेस सम्पन्न गरेर  एण्ड्रियु एलकक तेस्रो भएका छन्।

त्यस्तै महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेण्डमा रेस पूरा गर्दै महिलातर्फको ३० किलोमिटर रेसको विजेता बनेका छन्। बेलायतकी जेन्नी चाप्लिनले ७ घन्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी रेस पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले ७ घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन्।

१० किलोमिटर रेस एक घण्टा २ मिनेट ५ सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए । यस्तै एक घण्टा २ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर रेम बुढा मगर दोस्रो हुँदा एक घण्टा २ मिनेट ८ सेकेन्डमा रेस पूरा गरेर प्रविन लिम्बु तेस्रो भएका छन्।

शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीमा रहेको हिमालय क्वीन बी रिसोर्टबाट सय माइलको रेस सुरू भएको थियो। रेसको रुट फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने रहेको थियो। सो क्रममा उनीहरूले ती सबै पहाड गरी कूल ९ हजार ८ सय मिटरको उचाइ लिएका थिए। उक्त उचाइ समुद्रदेखि सगरमाथाको चुचुरोसम्मको भन्दा बढी भएको जनाइएको छ।

शुक्रबार र शनिबार सम्पन्न भएको विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावकहरू सहभागी भएका थिए। जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ। यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?