दोस्रो पटक गण्डकीको मुख्यमन्त्री बने खगराज

दोस्रो पटक गण्डकीको मुख्यमन्त्री बने खगराज
+
-

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रखुम डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन्। यससँगै उनी गण्डकी प्रदेशको दोस्रो पटक  मुख्यमन्त्री बनेका छन्।

आइतबार बिहान नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश भएको थियो।

नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रबाट सभामुखको सहित ८ र नेकपा एकीकृत समाजवादीका राजिव गुरुङ (दीपक मनाङे) हस्ताक्षरसहित दाबी पेश गरिएको हो।

दिउँसो साढे ३ बजे मुख्यमन्त्रीले शपथ लिने तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।

कांग्रेसले भने केहीबेर अगाडि असंवैधानिक पक्रियाबाट मुख्यमन्त्री नियुक्ति रोक्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो।

गत वर्ष चैत १० गते अधिकारी पहिलो पटक एमाले, माओवादी र राप्रपाका सांसदको समर्थनमा गण्डकीको मुख्यमन्त्री बनेका थिए। केन्द्रमा सत्ता गठबन्धन फेरिएर नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत पाएनन्। १०५ दिनमा उनी नेतृत्वको सरकार ढलेको थियो।

वैशाख ९ गते अधिकारी सत्ताबाट बाहिरिए। माओवादीको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?