दुर्गममा विद्यालय भवन निर्माण

दुर्गममा विद्यालय भवन निर्माण
+
-

सिमकोट – ताँजाकोट गाउँपालिका– ३ को राम गाउँमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ। स्थानीयवासी मागलाई सम्बोधन गर्दै जर्मन सहयोग रहेको हेल्फे नेपाल संस्थाले सो भवन निर्माण गरेको हो।

रामादेव आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोर्ख शाहीका अनुसार दुई तले १३ कोठे पक्की भवन निर्माण भएर विद्यालयलाई हस्तान्तरण गरिएको छ।
विद्यालयकै छेउमा ६ कोठे एक तले शौचालय पनि सो संस्थाले निर्माण गरिदिएको छ। विद्यालय भवन बनेपछि पठनपाठनसमेत नयाँ भवनमा सुरु गरिएको छ।

भवन विद्यालय व्यवस्थापन समितिले तीन वर्ष लगाएर निर्माण गरेको हो। यसअघि राम गाउँ नजिकको विद्यालय जीर्ण भएकाले पठनपाठनमा समस्या आउँदा स्थानीयले हेल्फे नेपाललाई भवन निर्माणका लागि आग्रह गरेका थिए।

नयाँ पक्की भवन निर्माण भएपछि अब विद्यार्थीले सुरक्षित रुपमा पढ्न पाउने भएका छन्। भवन भूकम्प प्रतिरोधीसमेत छ। कक्षा आठसम्म पठनपाठन हुने उक्त विद्यालयमा अब वर्षामा पानी चुहिने समस्याबाट समेत मुक्ति मिलेको छ।

भवनसँगै कक्षाकोठामा फर्निचर पनि नयाँ निर्माण गरिएको छ। ताँजाकोट गाउँपालिकाका १७ वटा विद्यालयमध्ये पक्की भवन पाउने सो विद्यालय पहिलो भएको छ।

यसका लागि सहयोगी निकायले साढे दुई करोड बजेट खर्च गरेको छ। विद्यालयमा १२० जना विद्यार्थी अध्ययन गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?