ग्रिसमा आप्रवासी सवार डुंगा पल्टिँदा तीन बालिकाको मृत्यु

+
-
ग्रिसको चियोस टापुको चट्टानी उत्तरपश्चिमी तटमा आप्रवासी डुङ्गा पल्टिँदा त्यसमा सवार कम्तीमा तीन बालिकाको मृत्यु भएको तटरक्षकहरूले बुधबार बताएका छन्। खोज र उद्धार कार्य जारी रहेको बताइएको छ।
मृतक बालिकाहरूकी आमाले पाँच, सात र १० वर्षका छोरीहरू बेपत्ता भएको पुष्टि गरेको ग्रिक तटरक्षकले बताएका छन्। टर्कीबाट रातारात उडेका नौसेनाका तीन जहाजले डुङ्गामा सवार आठ नाबालिग र डुबेका बालिकाहरूकी आमासहित १९ आप्रवासीलाई उद्धार गरेका छन्।
डुङ्गामा कति सवार थिए भन्नेबारे अधिकारीहरूले स्पष्ट नभएको बताएका छन्। यद्यपि सार्वजनिक प्रसारक इआरटीले डुङ्गामा मुख्यरूपमा अफगानसहित २७ जना सवार रहेको बताएको छ। रातको समयमा चियोस तटमा पौडन सफल तीन अफगानले अधिकारीहरूलाई सतर्क गराएको इआरटीले जनाएको छ।
युरोपेली सङ्घ ९इयु० सम्म पुग्न खोज्ने आप्रवासीहरूका उत्तरपूर्वी एजियन सागरमा रहेको चियोस टापु एउटा प्रवेशद्वार हो। शरणार्थीहरूका लागि उच्चायुक्त कार्यालयका अनुसार यस वर्षको प्रारम्भदेखि ग्रिक टापुहरूमा ११ हजार तीन सयभन्दा बढी आगमन रेकर्ड गरिएको छ।
सन् २०२३ मा करिब ४५ हजार शरण खोज्नेहरू ग्रिस पुगेका थिए। यीमध्ये अधिकांश टर्कीएबाट नजिकका टापुहरूमा आएका थिए। संयुक्त राष्ट्रसङ्घका अनुसार यो चार वर्षमा सबैभन्दा धेरै सङ्ख्या थियो। सन् २०२३ जुनमा पाइलोसको तटमा डुङ्गा डुब्दा त्यसमा सवार ८२ मानिस डुबेका थिए भने सयौँ बेपत्ता भएका थिए।
उक्त त्रासदीको धेरै अनुसन्धान अहिले पनि भइरहेको छ। केही गैरसरकारी संस्थाले ग्रिक तटरक्षकहरूमाथि उनीहरूको सहायताका लागि आउन ढिलाइ गरेको आरोप लगाएका छन्।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?