काठमाडौंमा मुस्लिम समुदायले मनाए इद (तस्बिरसहित)

काठमाडौंमा मुस्लिम समुदायले मनाए इद (तस्बिरसहित)
+
-

काठमाडौं- मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार धुमधामका साथ मनाइँदैछ।

यसैक्रममा काठमाडाैंस्थित काश्मिरी मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू भेला भई इद मनाएका छन्।

उनीहरूले नमाजपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदान-प्रदान गरे।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ।

हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरू बताउँछन्।

नमाज पढिसकेपछि घर-घरमा गई बलि दिने र एकापसमा शुभकामना आदानप्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको छ।

आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक रूपमा नमाज पढ्छन्।

सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

तस्बिरहरू:

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’