
पोखरा- घुस रकमसहित पोखराबाट सब-इन्जिनियर र कन्सलटेन्ट पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ पोखरा महानगरपालिकाकी सबइन्जिनियर उषाकिरण रोकाय र कन्सलटेन्ट सुरज कुँवर पक्राउ परेका हुन्।
अख्तियार पोखराका प्रमुख आशमान तामाङका अनुसार १ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो।
रोकायले गोदार इन्जिनियरिङ कन्सलटेन्सीमा कार्यरत कुवँरमार्फत् घुस रकम लिएको उनले बताए।
‘घर निर्माणको सम्पन्नता प्रमाणपत्र दिनलाई घुुस लिइएको रहेछ’, उनले भने।
पोखरा महानगरपालिका- ५ बाट पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानका लागि टंगाल पठाइँदैछ।