
काठमाडौँ – मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले डढेलो नियन्त्रणका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्।
देशभर आगलागीको घटना बढिरहेका बेला उनले त्यसको नियन्त्रणका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन्। अध्यक्ष अन्सारीले आगलागी हुन नदिन सावधानी अपनाउन पनि सर्वसाधारणलाई अपिल गरे।
सुनसरीलगायत जिल्ला आगलागीबाट ठूलो जनधनको क्षति भइरहेको उल्लेख गर्दै उनले त्यसो हुन नदिन र अन्य प्रज्वलनशील सलाइ, लाइटरलगायत सामग्रीको उचित व्यवस्थापन गर्न पनि सबैलाई आग्रह गरे।
दैनिक क्रियाकलापले जलवायु परिवर्तनको असरलाई बढावा दिने काम गर्न नहुनेतर्फ पनि सबैले सचेत बन्नुपर्ने अध्यक्ष अन्सारीको भनाइ थियो।
उनले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्र (ईद) को पनि शुभकामना व्यक्त गरेका थिए।