डिजिटल मिडिया प्रस्तोता अवार्ड गुरागाईंलाई

डिजिटल मिडिया प्रस्तोता अवार्ड गुरागाईंलाई
+
-

काठमाडाैँ – सिटिजन एचडी अनलाइन टिभीमा कार्यरत भुवन गुरागाईंलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० अन्तर्गत डिजिटल मिडिया प्रस्तोता अवार्ड प्रदान गरिएको छ।

छापा माध्यममा समेत पत्रकारिता गरेका गुरागाईं पछिल्लो समय डिजिटल मिडियामा सामाचार प्रस्तोताको रुपमा छन्। मीठो आवाज र शैलीका कारण उनको प्रस्तुतीलाई धेरैले मन पराएकाले उनलाई सम्मान गरिएको आयोजक संस्था न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिंह परियारले जानकारी दिए।

उनलाई आयोजक संस्थाका अध्यक्ष परियारसहित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, सांसद डा‍. चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीलगायतले अवार्ड प्रदान गरेका थिए।

सो अवसरमा ९६ बर्षका ज्येष्ठ पत्रकार भैरव रिसाललाई लाईफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो भने खवरहवका प्रधान सम्पादक अरुण बराललाई डिजिटल मिडिया एडिटर अवार्ड, जनता जान्न चाहन्छ टिभी कार्यक्रमका प्रस्तोता ऋषि धमलालाई पपुलर डिजिटल मिडिया प्रोग्राम अवार्ड, सिधा कुरा जनतासँगका प्रस्तोता वीरेन्द्र जैरुलाई जनआवाज डिजिटल मिडिया अवार्ड, नागरिक दैनिकमा आर्थिक व्युरो प्रमुख दिलीप पौडेललाई सशक्त पत्रकारिता अवार्ड, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई बरिष्ठ रंग पत्रकारिता अवार्ड, समय टिभीलाई डिजिटल मिडिया इन्नोभेटिभ अवार्ड, चुरोकुरो अनलाइन टिभीका उमेश सुवेदीलाई डिजिटल मिडिया इथिकल अवार्ड, योहो टिभीका सन्तोष विके थापालाई डिजिटल मिडिया स्कृप्ट अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा डिजिटल मिडियामा राम्रा काम गर्ने कुल २५ सञ्चारकर्मी र केही समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?