मोहनविक्रम सिंह, अध्यक्ष अदानचुली गाउँपालिका

‘शिक्षा, स्वास्थ्य र आयआर्जनका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ’

‘शिक्षा, स्वास्थ्य र आयआर्जनका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ’
+
-

दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले ०७९ सालका स्थानीय तह निर्वाचनबाट दोस्रो अध्यक्षका रुपमा मोहनविक्रम सिंहलाई पाएको थियो। नेपाली कांग्रेस हुम्लाको पार्टी सभापति समेत रहेका अध्यक्ष सिंहमा केही गरौँ भन्ने हुटहुटीसमेत रहेको देखिन्छ। उनले आयआर्जन, सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने सोच बनाएका छन्। आयआर्जनका कार्य सञ्चालन गरेर जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकिने मान्यता राख्ने अध्यक्ष सिंहसँग देशसञ्चार कर्णालीका प्रतिनिधि राजन रावतले गरेको कुराकानीको सम्पादित अंश

O एक वर्षे कार्यकालमा आफैँले तर्जुमा गरेका कार्यक्रमका उल्लेखनीय पक्ष केलाई मान्नुहुन्छ ?

सुशासन, शिक्षा,स्वास्थ, उत्पादन र रोजगारलाई मानिन्छ। खातामा सिधै पारिश्रमिक जम्मा गर्ने कार्य, आावश्यकता र पहिचानका आधारमा योजना तर्जुमा, योजनाको प्राथमिकीकरण, भौतिक पूर्वाधार निर्माणमा पक्की संरचना निर्माणको थालनी, विभिन्न चेतना एवं सीप विकासमूलक तालिम सञ्चालन, अतिरिक्त क्रियाकलाप सञ्चालन, उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, बिधार्थीहरू र उत्कृष्ट विद्यालय पुरस्कृत गर्ने परिपाटीको सुरुवात, विद्यालय समायोजनको नीति लिईएको, परीक्षा प्रणालीमा एकद्वार, नागरिकको घरमै गएर स्वास्थ्य जाँच गर्ने, गाउँपालिकामा खानेपानी र सडक निर्माण कार्यमा फड्को मारिएको छ। जनचेतनामूलक कार्यक्रम सञ्चालन, गाउँपालिकाको लोगो निर्माण, हातले चेक काट्ने कार्य बन्द गरिएको छ। गल्वागार्डदेखि गाउँपालिका केन्द्रसम्मको सडकलाई कालोपत्र गर्ने कार्यका लागि बजेटको व्यवस्था गर्न पहल गरिएको छ। त्यसैगरी गत असोजमा गाउँपालिकाभरि गएको पहिरोको क्षतिपूर्तिका लागि पहल गरेअनुसार त्यसको व्यवस्था प्रदेश सरकारबाट भएको छ। रैथाने बाली निकासीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता भएको छ।

O आफ्नो कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने सोच बनाउनुभएको छ ?

नेपालको संविधानले व्यवस्था गरेबमोजिम समृद्ध र सुुखी अदानचुलीवासी बनाउने उद्देश्यमा आधारित कामको थालनी गरिएको छ। यसका लागि केही काम सुरु भइसकेका छन्। जस्तो सबै वडालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ भने खानेपानीको व्यवस्था भएको छ। केही काम सुरु गर्ने तयारीमा छाँै । कृषि क्षेत्रमा फलफूल खेतीका लागि गाउँपालिकाले लगानी गरेर स्थानीय उत्पादनमा वृद्धि गरिनेछ। पशुमा भैँसीपालनको राम्रो सम्भावना भएका कारण यसलाई व्यावसायिक पालन गरेर गाउँपालिकालाई दूध, दही, घ्यूमा आत्मनिर्भरका साथै बाहिर निकासी गर्ने कार्यका लागि कार्यक्रम तर्जुमा गरिनेछ। अर्को कुरा भेडाबाख्रा पालनलाई पनि निकै महत्व दिइनेछ।

O गाउँपालिकाको पहिलो प्राथमिकतालाई यस वर्षको बजेट तथा कार्यक्रममा कसरी समेट्नुभएको छ ?

मुख्य कुरा हरेक वस्तुको विकास चेतनाले निर्भर गर्ने भएको हुनाले शिक्षा र नागरिकको आम्दानीको श्रोत विकास नभई अरु केही हुन सक्दैन भन्ने मान्यताबमोजिम आयोजना निर्माण र कार्यान्वयन भइराखेको छ। यो वर्ष गाउँपालिकाको प्रशासनीक भवन निर्माणमा जोड दिइएको छ। यो पनि नभई नहुने कुरा हो। भौतिक र सामाजिक विकास पनि महत्त्वपूर्ण हुने हुँदा उक्त सुचकका आधारमा समग्र विकास अगाडि बढाइएको छ। अर्को कुरा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। अब गाउँगाउँमा विद्यालय भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आवासीय विद्यालयको अवधारण अगाडि बढाइनेछ। यसलाई क्रमशः अगाडि बढाइनेछ।

Oआन्तरिक श्रोत कमी छ, आवश्यकता धेरै छन्। त्यसलाई कसरी सम्बोधन गरिन्छ ?

हो, निश्चित रुपमा हाम्रो आन्तरिक श्रोत छैन भन्दा पनि फरक नपर्ला। ग्रामीण क्षेत्रका स्थानीय तहमा यसो हुनु आश्चार्यको विषय पनि होइन। तर, पनि भएकै श्रोतबाट आवश्यकतालाई प्राथमिकीकरण गरेर हाम्रो गाउँपालिकाबाट सिफारिस हुने वा परिचालन हुने संघ, प्रदेश र स्थानीय तहको सम्पूर्ण श्रोतहरूको भरपुर र एकीकृत रुपमा परिचालन गरेर आवश्यक मागको सम्बोधन गर्ने प्रयास गरिएको छ। हो, आवश्यकता धेरै छन् तर श्रोत र साधन सिमित भएको कारण सामूहिक आवश्यकतालाई प्राथमिकतामा राख्ने गरिएको छ। व्यक्तिगत मागलाई सम्बोधन गर्ने परिपाटीको अन्त्य गरिएको छ र गरिनेछ। यसमा पनि समावेशीतालाई पनि ध्यान दिईएको छ।

O गाउँपालिकाको विकासका लागि सम्भावना के मा देख्नुहुन्छ ?

शिक्षा, स्वास्थ्य, खानेपानी तथा बिधुत, वातावरण मैत्री पुर्वाधारमा देखिन्छ। जो गर्न पनि सम्भव देखिन्छ। अर्को कुरा कृषि वन तथा पर्यटन क्षेत्रको पनि विकास गर्नु उत्तिकै आवश्यक छ। यसलाई विकास गर्न सकिएको खण्डमा गाउँपालिकाको मुहार फेर्न सकिने कुरालाई नकार्न सकिदैन। यसका लागि कृषि क्षेत्रमा कामको सुरुवात भई सकेको छ। जस्तो फलफूल खेतीलाई पकेट क्षेत्र बनाएर बिस्तार गरिएको छ। त्यसैगरी नास्पति, केरा खेतीलाई पनि बिस्तार गरिनेछ। फलफूल खेतीको राम्रो संभावना भएको कारण भोली उत्पादन भएपछि हाल हुम्ला जिल्लामा खाली आउने मालवाहक सवारी साधनमा सामान लोड गरि पठाउन सकिनेछ। यसबाट किसानहरू प्रत्यक्ष रुपमा लावान्भित हुनेछन्। अर्को कुरा पशुपालन विशेष गरि भैसी र भेडाबाख्रा पालनबाट पनि स्थानीयवासीहरूको भविष्य राम्रो देखिन्छ। यो क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ काम गर्नेछ।

O आगामी आवको बजेट तर्जुमा गर्ने समय भएको छ के मा प्राथमिकता रहन्छ ?

आगामी वर्षको बजेट विशेष गरी स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको पक्षलाई ध्यान दिइनेछ। शिक्षा सम्बन्धी ऐन नियममा केही संशोधन गरेर भए पनि यसलाई सुधार ल्याउने र विद्यालय संख्या घटाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने पक्षमा गइनेछ। त्यसैगरी कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा पारिनेछ। पशुपालनलाई व्यवसायीकरण गर्ने नीति लिइनेछ र त्यसलाई कार्यान्वयन गर्ने कार्यक्रम तर्जुमा गरिनेछ। गाउँपालिकाको प्रशासनीक भवन निर्माण कार्यलाई पनि निरन्तरता दिइनेछ।

O गठबन्धनबाट जनप्रतिनिधि निर्वाचित हुनुभएको थियो, काम गर्न कत्तिको सहजता छ ?

केही समयअगाडि समस्या भए पनि हाल आएर एकदमै सहजता भएको छ किनभने जनताको लागि काम गर्ने हो। व्यक्तिगत लिनुदिनुभए असहज हुन्थ्यो। दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने हो भने कुनै असहजता हुदैन। भएको पनि छैन। त्यो गरिदैन पनि। हालसम्म हामीले सामूहिकतालाई ध्यान दिने गरेका छन्। कार्यपालिकाबाट हुने सबै निर्णयमा कुनै बिबाद मतभेद भएका छैनन्। सबै निर्णय सर्बसम्मत हुने गरेका छन्।

O प्रदेश र सङ्घीय संरचनासँग समन्वय कस्तो भइरहेको छ ?

संघ र प्रदेशसँग हाम्रोतर्फबाट समन्वय गर्ने प्रयास गरिए पनि उताबाट सहयोग पाइएको छैन। उनीहरूले समन्वय गर्न पनि आवश्यक ठानेको देखिँदैन। उनीहरू आफ्नै तरिकाले अगाडि बढिरहेका छन्। केही आवश्यकता परेको बेला मात्र समन्वय गर्ने गरेका छन्। यसमा संघ र प्रदेशले सुधाार ल्याउनु आवश्यक देखिन्छ। गाउँपालिकाहरू सिफारिस दिने संयन्त्र मात्र हुन् भन्ने सोचमा परिवर्तन ल्याउन आवश्यक देखिन्छ। वास्तवमा जनताको घर आँगनको सरकार स्थानीय तह हो। उसलाई सबै कुरा थाहा हुन्छ भन्नेसम्म माथिल्ला तहका जिल्लास्थित निकायले ध्यान दिएको पाइँदैन। तीनै तहले काम गर्ने भनेको जनताका लागि हो। समन्वय गरेर अगाडि बढे काम प्रभावकारी र फलदायी हुन्छ भन्ने बुझ्नु आवश्यक छ। अब सिफारिस दिने निकाय हुन भन्ने मान्यताविरुद्ध गइन्छ।

O समस्या, बाधा वा चुनौतीका रुपमा केलाई देख्नु भयो र त्यसलाई समाधान गर्ने प्रयास के गर्नुभयो ?

कानुन र नियमलाई हुबहु लागू गर्न समस्या, जनचेतनाको कमी, कार्यान्वयन गर्ने निकायबाट असहयोग व्यक्ति केन्द्रीत हुने, संघ र प्रदेशका संरचना आफ्नै तरिकाले अगाडि बढ्ने वा समन्वयको कमी, परम्परावादी ढंगले अगाडि बढ्न खोज्ने, कर्मचारी साथीहरूको परम्परावादी बुझाई आदि समस्याहरू भोग्दै आएको छौ। यसले काम गर्न कठिन बनाएको छ। अर्को कुरा साधन र श्रोत पनि सिमित छ। यो पनि मुख्य समस्याका रुपमा देखा परेको छ। आन्तरिक श्रोत छैन्। आन्तरिक राजस्व असुली छैन। ती भोगिएका समस्याहरूलाई समाधान गर्ने प्रयास पनि गरिदै आएको छ। समास्या आइरहेका छन् तर त्यसलाई चिर्दै अगाडि बढ्ने प्रयत्न गरिरहेका छाैँ।

O हाल नेपालमा बजेट वितरण प्रर्णालीलाई कुन रुपमा लिनुभएको छ ?

दुर्गमका स्थानीय तहलाई आन्तरिक श्रोत र साधन कमी छ। स्थानीय तहका लागि हालको बजेट बिनियोजित गर्ने प्रणालीलाई न्याय भन्न मिल्दैन। किनभने जनसंख्यालाई मात्र आधार मानेर बजेट वितरण गर्ने हो भने हामीले आफ्ना अत्यावश्यक आवश्यकता पूरा गर्ने बजेट कहिले पाउने हो। यसमा परिवर्तन नगरेसम्म हामीले आवश्यक बजेट पाउने सम्भावना देखिँदैन। अर्को कुरा भूगोल, दुर्गमता, आम्दानीको श्रोतलाई पनि ध्यान दिएर वितरण प्रणाली लागू गर्नु आवश्यक छ।

O अन्त्यमा केही भन्नु छ ?
विकास र समृद्धि कुनै एउटा पक्षले मात्र चाहेर नहुने कुरा भएको कारण त्यसलाई सबै सहकार्य हुन आवश्यक छ। यसमा सबैलाई सहयोग गर्नसमेत आग्रह गर्दछु।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?