अदालतले जनतालाई मर्का नपर्नेगरी न्याय निरुपण गर्नुपर्छः ओली

अदालतले जनतालाई मर्का नपर्नेगरी न्याय निरुपण गर्नुपर्छः ओली
+
-

काठमाडाैँ – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आमजनतालाई मर्का नपर्नेगरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गरेका छन्।

काठमाडौंमा शनिवार बूढानीलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा उनले जनताको विश्वास घट्ने गरी न्याय निरुपण नगर्दा राम्रो हुनेतर्फ पनि अदालतको ध्यानाकर्षण गराए।

पर्याप्त सोच विचार बिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने खालको न्याय निरुपण नगरी अदालतले वास्तविक यथार्थलाई बुझेर न्याय दिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले व्यक्तिको अधिकार सामूहिक हितको तुलनामा गौण हुने भएकाले न्याय निरुपण गर्दा अदालतले सो विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताए।

उनले भने, ‘म न्यायालयलाई पनि के आग्रह र अनुरोध गर्न चाहन्छु भने खाली कानुनको पुस्तक मात्रै पल्टाएर न्याय गरिएजस्तो अथवा पर्याप्त सोच विचार विना न्याय गरिएजस्तो जनताको विश्वास घट्नेगरी न्याय निरुपण अदालतले नगर्दाखेरी राम्रो हुन्छ। वास्तविकता यथार्थ बुझेर सबै पक्ष हेरेर आम जनतालाई मर्का नपर्नेगरी गरे हुन्छ। व्यक्तिका अधिकार पनि सुरक्षित हुनुपर्छ। तर व्यक्तिका अधिकार साँँच्चैको अधिकार हो कि होइन रु भन्नेकुरा पनि हेर्नुपर्छ। र व्यक्तिका अधिकारको कुरा गरिरहँदा सार्वजनिक स्थलहरुमा समुदायको हितहरु जोडिन गएभने व्यक्तिका हित गौण हुने गर्छ।’

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकास निर्माणको काम आरोलो लागेको जिकिर गर्दै अब क्रमशः अघि बढ्ने दाबीसमेत गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?