
काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको आधार तयार पार्नका लागि सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएको बताएका छन्।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। उनले समाजवादको निम्ति समाजको संस्कृति निर्माणका पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्नुपर्ने बताए।
उनले अग्रभागमा रहेर विशाल राष्ट्रिय जागरण पैदा गर्न सांस्कृतिक प्रतिष्ठानलगायत संस्थाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताए। उनले सांस्कृतिक नीति, पूर्वाधार, साधन श्रोत, संस्था र कलाकारहरुको प्रोत्साहन लगायतका विषयमा सांस्कृतिक प्रतिष्ठानद्वारा राखिएका विषय र प्रश्तुतीहरमा विशेष ध्यान गएको बताए।
उनले भने, ‘नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानपछि प्राप्त भएको संविधानले समाजवादउन्मुख राज्य निर्माणको संकल्प गरेको छ। तसर्थ समाजवादको आधार तयार पार्नका लागि सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभुत शर्त हो। यसका निम्ति समाजको संस्कृति निर्माणका पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशिल समुदायले योगदान गर्न सक्नुपर्दछ। त्यसले अग्रभागमा रहेर विशाल राष्ट्रिय जागरण पैदा गर्न सांस्कृतिक प्रतिष्ठानलगायत संस्थाले महत्वपूर्ण भुमिका खेल्नुपर्छ र खेल्नेछन्। सांस्कृतिक नीति, पूर्वाधार, साधन श्रोत, संस्था र कलाकारहरुको प्रोत्साहन लगायतका विषयमा सांस्कृतिक प्रतिष्ठानद्वारा राखिएका विषय र प्रश्तुतीहरमा विशेष ध्यान गएको छ। सरकारको तर्फबाट अहिलेको नीति, कार्यक्रम र बजेटमा तपाईहरुको आवश्यकतालाई सम्बोधन गरिनेछ।’
प्रधानमन्त्री दाहालले सांस्कृतिक संस्थानको आवश्यकतालाई मध्यनजर गरी सरकारले अहिलेको नीति, कार्यक्रम र बजेटमा तपाईहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाए।