
काठमाडौं- संसदको हिउँदे अधिवेशन आइतबारदेखि अधिवेशन अन्त्य हुँदैछ ।
गत माघ २२ गतेबाट सुरू भएको संसद्को हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुन लागेको हो ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको थियाे।
यस अधिवेशनमा तीन वटा विधेयकमात्र पारित भएका छन् । प्रतिनिधिसभाका २२ र राष्ट्रियसभाका २० वटा बैठक बस्दा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित भएका हुन् ।
आजकाे बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका हुन् ।
थप तस्बिरहरू:

तस्बिर: बर्षा शाह। देशसञ्चार ।