बेलायतमा बेजिङस्टोक नेपाली समाजद्वारा नयाँ वर्षलाई स्वागत

बेलायतमा बेजिङस्टोक नेपाली समाजद्वारा नयाँ वर्षलाई स्वागत
+
-

स्थानीय अल्डवर्थ साइन्स कलेजको प्राङ्गणमा बेलायतस्थित बेजिङस्टोक नेपाली समाजले विभिन्न कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०८१ को भव्य स्वागत गरेको छ।

कार्यक्रम नयाँ वर्षको पहिलो दिनको १२ बजेदेखि रातको १० बजेसम्म खेल मैदान (आउट डोर) र सभा हलमा (इन डोर) गरी  बिभिन्न चरणमा बाँडेर सञ्चालन गरिएको थियो। खेल मैदानमा बिभिन्न नेपाली समुदायको प्रतिनिधित्व रहेको सांस्कृतिक पहिरन सहितका झाँकी,  भलिबल, डोरी तान्ने, घैँटो फुटाउने जस्ता कार्यक्रम सञ्चालित थिए भने झाँकी सहितको पंक्ति साँझको करिब ६ बजेतिर सभा हल प्रवेश गरेपछि हलभित्रका कार्यक्रमहरू सञ्चालित भए।

झण्डै साडे चार सयको उपस्थितिमा खचाखच भरिएको सभाहलमा बेजिङस्टोक नेपाली समाजका महासचिब जगदीश वाग्लेले कविता वाचन गर्दै नयाँ वर्ष २०८१ लाई स्वागत गरे।

कार्यक्रमको बिचबिचमा बार्बेक्यू, डिनर र हल्का पेय पदार्थले रौनक थप्दै लगेको थियो।

कार्यक्रमको उद्घाटन बेजिङस्टोक नेपाली समाजका अध्यक्ष ओम गुरुङ र उपाध्यक्ष एवं यस कार्यक्रमका संयोजक बिजय लिङथेपले पानसमा बत्ती बालेर गरेका थिए। उपाध्यक्ष एवं कार्यक्रम संयोजक बिजय लिङथेपले स्वागत मन्तव्य र अध्यक्ष ओम गुरुङले सहभागी, सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। हेल्थ सेफ्टीको बारेमा अर्का उपाध्यक्ष दुर्गा गुरुङले जानकारी गराए।

नेपाल तथा बेलायतका राष्ट्रिय गानसहित स्थानीय कलाकार र नेपाली राष्ट्रिय कलाकार भूमिका गिरीको बेजोड प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन दिन सफल भएका थिए।

नेपाल सरकार र बेलायत सरकारको बीचमा भएको द्विपक्षीय सम्झौता अनुसार छनौटमा परेर बेजिङस्टोक अस्पतालमा खटिएर आएका थप ६ जना नर्सहरूलाई पनि कार्यक्रममा स्वागत गरियो। यसअघि आएका १२ जना नेपाली नर्सहरूलाई पनि बेजिङस्टोक नेपाली समाजले अलग्गै कार्यक्रम संयोजन गरी स्वागत गरेको थियो।

खेलकुद तथा सांगितिक कार्यक्रमका विजेताहरूलाई वितरण गरिएका धेरैजसो पुरस्कारको आर्थिक एवं भौतिक सौजन्यता गोर्खा ग्रोसरीका कार्यकारी प्रवन्धक एवं बेजिङस्टोक नेपाली समाजका खेल संयोजक बलबहादुर थापाले गरे। उनको दानी मन र सहयोगका लागि सहभागीहरुले जोडदार तालीका साथ संयोजक थापालाई  धन्यवाद प्रदान गरेका थिए। राफल ड्र का बिजेताहरूलाई संयोजक बलबहादुर थापा र स्थानिय गहना ब्यावसायी बेल बहादुर विश्वकर्माले सुनका गहना उपहार दिएका थिए।

यसै गरी २३ मार्च, २०२४ का दिन सम्पन बेजिङस्टोक नेपाली समाजको नबौं वार्षिक साधारण सभाले समाजको विधान २००६ लाई संशोधन गरी पारित गरेको थियो।

बेजिङस्टोक नेपाली समाजले आयोजना गर्ने समर (नयाँ वर्ष) पार्टी समाजमा आवद्ध जन समुदायको सहभागितामा सम्पन्न गरिन्छ भने विन्टर(दशैं) पार्टीमा स्थानीय विशिष्ठ पाहुनाजस्तै सांसद, मेयर, काउन्सिलर एवं संघसंगठनको प्रतिनिधित्व रहने गरी कार्यक्रम सञ्चालन गर्ने गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?