
काठमाडौँ – ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानालाई इलेक्ट्रिक गल्फ कार्ट (विद्युतीय गाडी) हस्तान्तरण गरेको छ।
बिहीबार चिडियाखानामा आयोजित एक कार्यक्रमका बीच महानगरले इलेक्ट्रिक गल्फ कार्ट हस्तान्तरण गरेको हो। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गाडी हस्तान्तरण गरे।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिति थियो। त्यस क्रममा कार्यक्रममा सहभागीहरुले उक्त गाडीमा सवार भएर चिडियाखानाको अवलोकनसमेत गरेका थिए।

सदर चिडियाखानामा रहेको ‘महाराजा’ बाघ।
यस्तै, मेयर महर्जनले बाघको अभिभावकत्व ग्रहणसमेत गरे। महानगरले यसअघि ‘महाराजा’ नामक बाघको अभिभावकत्व ग्रहण गरेको थियो। आज एक कार्यक्रमका बीच उक्त अभिभावकत्वलाई महानगरले निरन्तरता दिएको हो।