
काठमाडौँ – मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट युवा तथा विद्यार्थीहरुले सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गरेका छन्।
उनीहरुले २०४७ सालयता राज्यको विशिष्ट पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। छानबिनका लागि नागरिकस्तरिय अधिकार सम्पन्न छानबिन आयोग गठन गर्नुपर्ने उनीहरुको भनाइ छ।
प्रदर्शनका क्रममा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।