
काठमाडौँ – कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन्। उनी आज अपराह्न साढे ४ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
कतारका राजा पहिलो पटक नेपाल आउन लागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्।
उनलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गर्नेछन्। सरकारले उनको सम्मानमा आज देशभर सार्वजनिक बिदा दिएको छ। थानीको भ्रमणलाई लक्षित गर्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
यस्तै, उनको स्वागतका लागि काठमाडौँको सडक किनारमा विभिन्न झाँकीहरुसमेत प्रस्तुत गरिँदै छ।