स्याउ फूलेर ढकमक्क मुस्ताङ (तस्बिरहरू)

स्याउ फूलेर ढकमक्क मुस्ताङ (तस्बिरहरू)
+
-

पोखरा- स्याउका रुख फूलेर ढकमक्क छन्। बसन्त ऋृतुमा फूलसँगै स्याउका बोटले पालुवा फेर्दा हरियाली बढेको छ। मौरी, पुतली फूलको सुगन्धी लेपनमा लठ्ठिएका छन्।

स्याउखेतीका लागि प्रख्यात मुस्ताङको मार्फा लगायतका गाउँ स्याउ बगान ढकमक्क हुँदा रोमाञ्चक देखिएको छ। पर्यटकलाई मुस्ताङको प्रकृतिसँगै स्याउ बगानको दृश्यले लोभ्याएको छ।

मार्फा मात्रै होइन, मुस्ताङका धेरै गाउँ यतिबेला स्याउ फूलेर ढकमक्क छन्। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार मार्फासँगै टुकुचे, ठिनी, जोमसोम, स्याङ, ढुम्बा, कागबेनी, फल्याक, तिरी, छुसाङ लगायतका गाउँमा स्याउ फुलेर ढकमक्क भएको छ।

यो वर्ष स्याउमा फूल राम्रो लागेको ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए। ‘फूल राम्रो लागेको छ। फूल लाग्ने बेलासम्म जहिले राम्रो हुन्छ,’ ‘उनले भने, ‘यसपछि पानी लगातार पर्‍याे भने रोग किराको प्रकोप बढ्छ। किसानले रोग किराको व्यवस्थापनमा बढी ध्यान दिनुपर्ने हुन्छ।’

स्याउ फूलेर फल्नलाई परागसेचनको बखत पानी पर्दा उत्पादनमा ह्रास आउने उनको भनाइ छ।

‘फललाग्लाई किराहरुको महत्त्वपूर्ण भूमिका रहन्छ। परागसेचनका लागि बागनमा भालेभोथिकोे बोटको अनुपात मिलाउनुपर्छ,’ उनले भने।

ज्ञान केन्द्रका प्रमुख बस्ताकोटीका अनुसार एक हजार ५ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। ५८५ हेक्टर क्षेत्रफलमा लगाइएका बोटले मात्रै उत्पादन दिन्छ। गएको सिजनमा चार हजार ९ सय मेट्रिक टन स्याउ फलेको थियो।

यो गतवर्षको तुलनामा १ हजार ६ सय मेट्रिक टनले कम हो। गतवर्ष मुस्ताङका किसानले ६ हजार ५ सय मेट्रिक टन स्याउ फलाएका थिए।

मुस्ताङको स्याउ बगानबाटै प्रतिकिलो सय रुपैयाँदेखि १२० रुपैयाँका दरले खरिदबिक्री हुने गर्छ।

तस्बिरहरू: विनाेद ढुंगाना/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?