
सिमकोट – अस्पतालमा उपचार गर्ने बिरामीलाई सहुलियत दरमा औषधि बिक्री गर्न नयाँ फार्मेसी स्थापना गरिएको छ।
अन्य क्लिनिकले बिरामीबाट चर्को मूल्यमा औषधि बिक्री गरिरहेको गुनासो आइरहेका बेला सर्वसुलभ औषधि उपलब्ध गराउन यो फार्मेसी स्थापना गरिएको हो।
सिमकोट बजारको अस्पातल क्षेत्रमा सहुलियत दरमा औषधि बिक्री गर्नका लागि नयाँ ताक्ला फार्मेसी स्थापना गरिएको छ।
जिल्ला अस्पतालमा उपचारपछि सुलभ मूल्यमा औषधि बिक्री गर्नका लागि यो फार्मेसी स्थापना गरिएको हो। फार्मेसीले बिरामीको अवस्था हेरि निशुल्कदेखि प्रिन्टेट मुल्यमा र छुटमा औषधि बिक्री गर्ने जनाएको छ।
शुक्रबार यो फार्मेसीको औपाचारिक रुपमा उद्घाटन गरेर कार्य प्रारम्भ भएको छ। फार्मेसीले सबै बिरामीलाई यो बढी भन्दा बढी उपभोग गर्न आग्रहसमेत गरेको छ। फार्मेसीमा डेढ सयभन्दा बढी औषधिका परिकार राखिएका छन्। बिरामीलाई सस्तो दरमा औषधि उपलब्ध गराउनका लागि यो फार्मेसी स्थापना गरिएको हो।