
काठमाडौँ महानगरपालिकाले राजधानीको टुँडिखेलमा सिप मेला २०८१ आयोजना गरेको छ।
यस मेलामा १० क्षेत्रसँग सम्बन्धित २९ पेशाका २ हजार ८१ जनालाई निशुल्क तालिम लिइने महानगरपालिकाले जानकारी दिएको छ।
तालिम लिएकालाई रोजगार, स्वरोजगार वा अन द जब ट्रेनिङमध्ये एकमा आबद्ध गराइने पनि महानगरपालिकाले जानकारी दिएको छ।
तालिमको पहिलो दिन बुधबार तालिमस्थलमा युवाहरुको हुल लागेको थियो।