
काठमाडौँ – भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश धनञ्जय यशवंत (डिवाई) चन्द्रचुड नेपाल आइपुगेका छन्।
उनी शुक्रबार अपराह्न काठमाडौँ आइपुगेका हुन्।
उनी न्यायालयसम्बन्धी एक कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्।
उनी दुई दिने एक कार्यक्रममा सहभागी भएर फर्किने कार्यक्रम छ।
उनी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा नेपाल आएका हुन्। उनले आइतबार प्रधान न्यायाधीश श्रेष्ठसँग भेट गर्ने सर्वोच्च प्रशासनले जानकारी दिएको छ।
तस्बिरहरु: