सिमकोट गाउँपालिकाका सात वटा वडा पूर्ण खोप सुनिश्चित वडा घोषित

सिमकोट गाउँपालिकाका सात वटा वडा पूर्ण खोप सुनिश्चित वडा घोषित
+
-

सिमकोट – सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका सात वटा वडा पूर्ण खोप सुनिश्चित घोषित भएका छन्। शनिवार ५ नम्बर वडालाई घोषित गरिएपछि सो संख्या सात पुगेको हो।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले आठ मध्य सात वटा वडालाई पूर्ण खोप सुनिश्चित घोषित गरिएको बताए। ती वडामा उमेर समुह अनुसार निर्धारित सबै खोप लगाउने कार्य पुरा भएपछि वडालाई घोषणा गर्ने कार्य भएको उनले बताए। अब वडा नम्बर ६ बाँकी रहेको र त्यसलाई पनि आईतबार घोषणा गरिने उनले बताए। सवै वडालाई घोषणा गर्ने कार्य पूरा भएपछि सम्युक्त अनुगमनको प्रतिबेदनका आधारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम रहेको उनले बताए।

यसैबिच शनिबार सिमकोट गाउँपालिका– ५ लाई पूर्ण खोप सुनिश्चित वडा घोषित गरिएको छ। वडा भित्रका सत प्रतिशत बालबालिकाले तोकिएका खोपहरु लगाउने कार्य पुरा भएपछि शनिवार एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण खोप सुनिश्चित घोषित गरिएको हो। उक्त वडा हेर्दै आएका स्वास्थ्यकर्मी राजु रावतले वडा भित्र रहेका सबै बालबालिकाहरुले तोकिएका खोप लगाउने कार्य पुरा भएपछि वडा अध्यक्ष चीन रावतको उपस्थितीमा पूर्ण खोप सुनिश्चित वडा घोषित गर्ने कार्य भएको बताए।

पन्द्र महिनादेखि २३ महिनासम्मका ७२ जना बालबालिका वडामा रहेकोमा ती सवै बालबालिकाले तोकिएका बाह्र प्रकारका खोप लगाउने कार्य पुरा भएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषित गरिएको हो। ती बालकालिकालाई विसिजी, डिपिटी, हेब्बी, एफआईविवि, पोलियो, दादुरा, जेई, टाईफाईड लगाएत बाह्र प्रकारका खोप लगाएको कारण वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ। कार्यक्रममा वडा अध्यक्ष रावत सहित वडा सदस्य र स्वास्थ्यकर्मीहरुको उपस्थितीमा यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?