
मोरङ – कोशी प्रदेशमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसँगको भेटमा आग्रह गरेको छ।
प्रदेश प्रमुख परशुराम खापुङलाई पत्रसहित एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्की र माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्ग्बोले बुधबार भेट गरेका थिए।
सो भेटमा प्रदेश प्रमुख खापुङले संवैधानिक व्यवस्था र यसअघिका अभ्यास अध्ययन गरि निर्णय लिने बताएका छन्। भेटका क्रममा गठबन्धनका दुवै नेतालले नयाँ सरकार गठन आव्हानका लागि प्रदेश प्रमुख खापुङलाई पत्र बुझाएका थिए।
उनीहरूले मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएको हुँदा मंगलबार राति नै पदमुक्त भएको दाबी गरेका छन्। पत्र बुझेका प्रदेश प्रमुख खापुङले अध्ययन गरी निर्णय गर्ने जनाएका छन्।