समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति तथा कार्यक्रम र बजेट आओस्ः सांसद भुसाल

समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति तथा कार्यक्रम र बजेट आओस्ः सांसद भुसाल
+
-

काठमाडौँ – राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजावादी) का सांसद डा. वेदुराम भुसालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने किसिमका हुनुपर्ने बताएका छन्।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले नागरिकले उठाएका प्रश्नको जवाफ दिन सक्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए। उनले सरकारको अदलाबदली र अस्थिरताका कारण देशमा जनमुखी कार्यक्रम हुन नसकेको जिकिर गरे। उनले राजनीतिक दलहरु सत्ताका लागि मात्रै केन्द्रित भएको आरोप लगाए।

उनले भने, ‘आजसम्मका प्रश्नको समाधान दिन हामी सक्छौँ की सक्दैनौँ। यदी सक्छौँ भने आज जुन खालको यो सत्ताको अदलाबदलीले अस्थिरता सिर्जना गर्‍यो, केही कानून निर्माण हुन सकेनन्। राजनीतिक दलहरु खाली सत्ताका लागि मात्रै केन्द्रित भए भन्ने छ। ति सबै सकिनेछन्। सबै प्रश्न, आलोचनाको, सबै गुनासोको एकमुष्ठ समाधान हुनेछ। अहिले पनि हामीले त्यस खालको नीति कार्यक्रम ल्याउन सकेनौँ भने, समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति, कार्यक्रम र बजेट ल्याउन सकेनौँ भने हामीप्रतिका प्रश्नहरु झनै उठ्नेछन्। यो अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रुपले परिवर्तनका लागि दिशा निर्देश गर्ने खालका नीति कार्यक्रम आउन्।’

सांसद भुसालले आगामी अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रुपले परिवर्तनका लागि दिशा निर्देश गर्ने खालका नीति कार्यक्रम आउनुपर्नेमा जोड दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?