
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठक पनि अवरोध गरेको छ। बैठक कांग्रेसकै असहमतिका कारण शुक्रबार निर्धारित समय भन्दा दुई घन्टा ढिला गरी सुरु भएको थियो।
बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी कांग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो। कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।
आज पनि सोही मागलाई दोहोर्याउँदैं नाराबाजी गरेपछि बैठक अघि बढ्न नसकेको हो।
तस्बिरहरु: