नयाँ राइड सेयरिङ एप ‘जुमजुमु’ सार्वजनिक: यात्रु र चालक दुवैको ५ लाखसम्मको बीमा

नयाँ राइड सेयरिङ एप ‘जुमजुमु’ सार्वजनिक: यात्रु र चालक दुवैको ५ लाखसम्मको बीमा
+
-

काठमाडौं- नयाँ राइड सेयरिङ एप ‘जुमजुमु’ सार्वजनिक भएको छ। नेपाल मोबिलिटी सोलुसन्सले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी जुमजुमु सार्वजनिक गरेको हो।

 

कम्पनीले यात्रुहरूको सहजताका लागि जुमजुमु एप बनाइएको बताएको छ। कम्पनीका अनुसार प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत् यात्रुले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्न सक्नेछन्।

एकैसाथ धेरै सवारीसाधन बुक गर्न सक्ने सुविधा रहेको जुमजुममा इ सेवा डिजिटल वालेटमार्फत् सजिलै भुक्तानी गर्न सकिन्छ।

जुमजुम प्रयोगकर्ताले एपमा पहुँच नभएकाहरूका लागि पनि सवारी बुक गर्न सक्नेछन्। यो एपको प्रयोग गर्ने चालकले सुरुको २ साता कमिसन तिर्ननपर्ने कम्पनीले जनाएको छ।

यात्रुका लागि बचत र चालकका लागि आकर्षक बोनसको सुविधा रहेको जुमजुममा यात्रु र चालक दुवैको ५ लाखसम्मको बीमा हुने छ।

जुमजुम एप श्रीलंकाको पिक मी सफवेयर कम्पनीले विकास गरेको हो। यो एपलाई नेपाल ल्याउन नेपालको एफवान सफ्ट ग्रुपले सर्मथन गरेको हो।

एपले यात्रुलाई आवश्यकता बमोजिम सुविधा प्रदान गर्नुका साथै यातायात क्षेत्रमा नै परिवर्तन ल्याउने कम्पनीलले विश्वास लिएको जनाएको छ।

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले जुमजुमले यातायातको क्षेत्रमा क्रान्ति ल्याउनुका साथै रोजगारीका अवसर सिर्जना गरी नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

पिक मि श्रीलंकाका सीइओ जिफ्री जुल्फरले एफवान सफ्टसँग मिलेर उन्नत राइड सेयरिङ प्रविधि नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?