स्विट्जरल्यान्डको पुल डिजाइन, निर्माण र मर्मत प्रविधिसम्बन्धी छलफल

स्विट्जरल्यान्डको पुल डिजाइन, निर्माण र मर्मत प्रविधिसम्बन्धी छलफल
+
-

काठमाडौँ – नेपालजस्तै भौगोलिक वनाबट भएको पहाडी मुलुक स्विट्जरल्यान्डको पुल डिजाइन, निर्माण र मर्मतसम्वन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्, स्केफ नेपालको आयोजना र स्वीस सरकारको सहायतामा सञ्चालित स्थानीय सडक तथा पुल सहयोग ईकाई(LRBSU) को प्राविधिक सहयोगमा उक्त कार्यक्रम वैशाख २३ र वैशाख २८ गरी दुई चरणमा  सम्पन्न भएको थियो।

श्रोत व्यक्ति तथा वरिष्ठ पुल डिजाइन, निर्माण तथा मर्मत सम्भार विज्ञ डा. क्रिष्टियन सेलेनवर्गले स्विट्जरल्यान्डको पुल निर्माणको इतिहास, आधुनिक पुलहरूको डिजाइन र मर्मत सम्भारका योजना तरिका र प्रविधिको वारेमा प्रस्तुतीकरण गरेका थिए ।साथै उनले स्विस प्राविधि र अनुभवबाट नेपाल सञ्चालन भइरहेका पुल निर्माण र मर्मतसम्वन्धी आयोजनाबारे जानकारी पनि दिएका थिए l

पुलको उपयुक्त डिजाइन गुणस्तरिय निर्माण र पुर्ण आयू सम्म सञ्चालनका लागि गर्नुपर्ने मर्मत संभारका योजना प्रविधि र मर्मत चक्रका वारेमा विस्तृत प्रस्तुति गरेका थिए ।

स्थानीय सडक तथा पुल सहयोग इकाइका टिम लिडर तथा  पुल सम्वन्धी वरिष्ठ इन्जिनियर सकिल मानन्धरले आफ्नो विचार व्यक्त गर्दै विज्ञको प्रस्तुतिकरण मार्फत सरकारी तथा गैर सरकारी क्षत्रमा कार्यरत प्राविधिकहरुलाइ विषयगत ज्ञान हासिल गर्ने अवसर प्रदान गर्ने कार्यक्रम आयोजना गरेकोमा स्केफ नेपाललाई धन्यवाद दिँदै यस कार्यक्रममा प्राविधिक रुपमा सहयोगी भूमिका निभाउन पाउँदा खुशी लागेको बताए।

सडक विभाग पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण राज अधिकारीले संसारकै उच्चतम प्रविधि र प्रक्रियाबारे ज्ञान हासिल गर्न पाउँदा खुशी लागेको र यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने र यस्ता कार्यक्रमको निरन्तरताको लागि सडक विभागको पूर्ण सहयोग रहने प्रतिवध्दता व्यक्त गरेका थिए। साथ साथै उनले राज्यका तर्फबाट नै हुनुपर्ने यस्ता कार्यक्रम स्वतः स्फुर्त रूपमा निरन्तर आयोजना गरिरहेकोमा स्केफ नेपाललाई धन्यवाद दिएका थिए।

सोही अवसरमा सडक विभाग पुल सेक्टर २ की प्रमुख इन्जिनियर  आरती साहले निर्माण क्षेत्र संग सम्बन्धित सरकारी परामर्शदाता र निर्माण व्यवसायी तिनै पक्षका प्राविधिकहरुको समानान्तर क्षमता अभिवृद्धिकरणको लागि स्केफ नेपालले उदाहरणीय कार्य गरिरहेको र आफ्नो तर्फबाट यस्ता कार्यक्रमको अधिकतम सहभागिता, सदुपयोग र सहयोग रहने जानकारी गराइन्।

स्केफ नेपालका महासचिव एवं तालिम निर्देशक ई कमल कार्कीले एकै किसिम र तहका शिक्षा लिएर पनि सधै विदेशीको सहयोगमा भर पर्नुपर्ने स्थिति कायम रहनु दुःखद भएको र यसले नेपाली निति निर्माण र कार्यान्वयनमा संलग्न प्राविधिकको इच्छा शक्ति र नैतिकतामा गम्भीर प्रश्न चिन्ह खडा भएको वताउदै सिप वृद्धि र क्षमता अभिवृद्धिकरणको कार्यमा स्केफ नेपाल अनवरत लागि रहने बताए ।

कार्यक्रममा सडक विभाग, स्थानीय पुर्वाधार विभाग, निर्माण व्यवसायी तथा परामर्शदात्री संस्थाहरुका ४५ जना इन्जिनियरहरुको सहभागिता रहेको थियो।  स्केफ नेपालका  महासचिव कार्कीले सम्पुर्ण सहभागी तथा सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुको साथै कार्यक्रम सफल पार्न उल्लेखनिय भुमिका खेल्नु हुने स्थानीय सडक तथा पुलसहायता ईकाईका वरिष्ठ इन्जिनियर निलन प्रजापति, सडक विभाग पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण राज अधिकारी र श्रोत व्यक्ति डा. कृष्टियन सेलेनवर्गलाइ विषेश धन्यवाद व्यक्त  गरेका थिए। उक्त कार्यक्रममा लाइ महासचिव कार्कीले सहयोगी संस्थाहरुलाई मायाको चिनो प्रदान गरे पश्चात् समापन भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?