झापामा दुईपाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट अभियान

झापामा दुईपाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट अभियान
+
-
झापा –झापामा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘दुई पाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख नवराज न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेकाले सचेतनामूलक अभियान सुरूगरिएको जानकारी दिए।
न्यौपानेका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा झापामा सवारी दुर्घटनामा ५३ जनाको मृत्यु भएकामा जसमध्ये मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३९ रहेको र सो अवधिमा चार सय ६३ वटा सवारी दुर्घटना भएकामा मोटरसाइकलको संख्या २८८ रहेका छन्।
“मोटरसाइकल दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ। त्यसैले चालकलाई सजग गराउँदा दुर्घटना न्यूनीकरण हुन्छ कि भन्ने सोचेर ट्राफिक प्रहरीसँग पाँच मिनेट अभियान चलाएका हौँ”, न्यौपानेले भने,“ हाल यो अभियानलाई पूर्वपश्चिम राजमार्गमा केन्द्रित गरिएको छ। अभियानअन्तर्गत ट्राफिक प्रहरीको टोलीले गुडिरहेका मोटरसाइकललाई किनारामा रोकेर चालकलाई पाँच मिनेट सवारी नियम र सुरक्षासम्बन्धी प्रशिक्षण दिने गरेको छ।”
साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्रगति नै मोटरसाइकल दुर्घटनाको मुख्य कारण देखिएकाले कान छोपिने हेल्मेट लगाउन, मदिरासेवन गरेर सवारी नचलाउन र तीव्रगतिमा नकुदाउन आग्रह गर्ने गरिएको उनको भनाइ छ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?