
काठमाडौँ – सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम पेश गरेका छन्।
जेठ १५ गते आउने बजेटका लागि सरकारले परम्पराअनुसार मंगलबार नीति तथा कार्यक्रम ल्याएको हो।
नीति तथा कार्यक्रमले पुराना कार्यक्रमलाई निरन्तरता दिने र केही नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सहकारीलाई मर्जका लागि प्रोत्साहन गर्ने, काठमाडौँको फोहोर व्यवस्थापनका लागि स्थायी संयन्त्र बनाउने, पाँच वर्षमा फलफुलमा आत्म निर्भर हुने जस्ता कार्यक्रम सरकारले ल्याएको छ।
सबै तस्विर : बर्षा शाह