अनसनरत दीपक भण्डारीको जीवन रक्षाको माग गर्दै र्‍याली (तस्बिरसहित)

अनसनरत दीपक भण्डारीको जीवन रक्षाको माग गर्दै र्‍याली (तस्बिरसहित)
+
-

काठमाडौं- अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्न र लामो समयदेखि अनसनरत दीपक भण्डारीको जीवन रक्षाको माग गर्दै बुधबार काठमाडौंमा र्‍याली गरिएको छ।

सामुदायिक सहायता सेवासम्बन्धी सम्झौता कार्यान्वयन गठित संघर्ष समितिले आज शान्तिबाटिकाबाट भद्रकाली जाने मुख्य सडकमा र्‍याली गरेको हो।

समितिको मुख्य माग संविधान, ऐन, कानुन र नियमावलीमा प्रदत्त भएको अपाङ्गता अधिकार कार्यन्वयन गर्न र अनसनरत भण्डारीको जीवन रक्षा रहेको छ।

र्‍यालीमा सहभागीहरूले सरकारले आफ्नो मागलाई बेवास्ता गरेको भन्दै सडक अवरुद्धसमेत गरेका छन्। यतिबेला त्यहाँ नेपाल प्रहरी पनि तैनाथ छ।

तनहुँको म्याग्दी गाउँपालिका- ७ का २७ वर्षीय भण्डारी डेढ वर्षअघि सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। ‘स्पाइनल कर्ड इन्जुरी’का कारण थला परेपछि सहयोग र सहयोगीको माग गर्दै दश दिनदेखि काठमाडौंको शान्तिवाटिकामा उनी अनशन बसेका छन्।

‘कि त बाँच्ने अवसर देऊ, नभए मर्न देऊ’ भन्दै सरकारलाई गुहार माग्दै अनसनमा बसेका उनको जीवन रक्षाका निम्ति आज संघर्ष समितिले शान्तिपूर्ण र्‍याली गरेको हो।

वैशाख १ गतेदेखि लागू हुनेगरी सम्झौतापत्रमा ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ को नियम ९ को व्यवस्थाबमोजिम चरणबद्धरूपमा स्थानीय सरकारसँग अन्तरतह सहकार्यमा कार्यान्वयन गर्नेगरी दुई हप्तामा पेश गर्न भनी आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन तयार गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने, कार्यक्रम र मापदण्डबमोजिम स्थानीय तहको सिफारिस प्राथमिकीकरणगरी पहिलो चरणमा ११ जना पूर्ण अशक्त अपांगता भएका व्यक्तिलाई नियम ९ बमोजिमको सामुदायिक सहायता सेवा वैशाख १ गतेदेखि सुरुआत गर्ने सम्झौता भयो। त्यही आधारमा सोही दिन भण्डारीले धर्नालगायत सबै कार्यक्रम स्थगित गर्ने भनियो।

सोही सम्झौता कार्यान्वयन नभएपछि उनी दस दिनदेखि फेरि अनशन बसेका हुन्। अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी नियमावली २०७७ मा पूर्णरूपमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी व्यक्ति उपलब्ध गराउने, अपांगता भएका व्यक्तिका छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने र निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउनेलगायत अधिकार सुनिश्चित गरिएको छ। यद्यपि, यी कुनैपनि अधिकार व्यावहारिक रूपमा लागू नभएका दीपक बताउँछन्।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?