कवि रिमालका गायक नाति भन्छन्- ‘हजुरबाको प्रतिष्ठा ख्याल राख्छु’ (भिडियो)

कवि रिमालका गायक नाति भन्छन्- ‘हजुरबाको प्रतिष्ठा ख्याल राख्छु’ (भिडियो)
+
-

गायक आर्जन पाण्डे त्यतिखेर अलिकति दकस मान्छन् जतिखेर उनका मामली हजुरबाहरूको नाम उनीसँग जोडेर कसैले लिइदिन्छन्। मावलीतिरका हजुरबा प्रख्यात कवि गोपालप्रसाद रिमाल र विख्यात गायक तथा रंगकर्मी हरिप्रसाद रिमालका नाति पुस्ताका गायक पाण्डे सांगीतिक क्षेत्रमा लागेको पनि दशक भयो।

‘मलाई हेर्ने नजरिया नै अर्कै पाउँछु,’ उनले रिमालद्वयलाई सम्झिँदै भने, ‘जस्तो पायो त्यस्तै गीत गाउनै डर लाग्छ। जुन अभिभावकबाट प्रेरणा पाएर यत्तिको गाउन सक्ने भएँ, उहाँहरूको बाटो अपनाउन नसके पनि कम्तीमा उहाँहरूको प्रतिष्ठाको ख्याल त राख्नुपर्‍यो।’

यस क्षेत्रमा लाग्न निकै गाह्रो छ तर आर्जनलाई त्यति संघर्ष गर्नुपरेन। उनी काठमाडौंमै जन्मिए, हुर्किए त्यसो हुँदा पनि उनलाई बाँच्न गाह्रो भएन। तर, गीत–संगीत क्षेत्रमा लाग्न भने उनी अहिले पनि संघर्ष गरिरहेको बताउँछन्।

उनी भन्छन्, ‘गाउन सजिलो छ तर स्तरीय गाउन र टिकिराख्न गाह्रो छ। त्यस मानेमा मैले संघर्ष गरिरहेको छु।’

जस्तो परिवारबाट हुर्कियो आशा पनि त्यही स्तरको हुने नै भयो। आर्जनका लागि पनि त्यही भयो। रिमाल परिवारको नातिले जे पायो त्यही गर्नु पनि भएन। गतिलो गीत गाउनै पर्‍यो। त्यसो हुँदा निकै छानेर गम्भीर भएर काम गर्नुपर्ने उनी बताउँछन्।

बाल्यकालमा गीत गाउँदा उनका अभिभावक खुसी हुन्थे। मेरो नातिले पनि गीत गाउँदोरहेछ भनेर स्याबासी दिएको स्मरण गर्छन्— त्यो बेला गीत डराइडराइ गाएको थिएँ तर स्याबासी पाएँ। पछि मैले गीत निकालेँ।

सन् २०१५ बाट नेपाली गीत–संगीत क्षेत्रमा लाग्दा उनले गाएको पहिलो गीत ‘ओइलिएर झर्न दिन्न’ थियो। त्यो गीतले दर्शकको मन राम्रै जिते आर्जनले। आर्जन स्कुलमा हुने विभिन्न कार्यक्रममा गीत गाउँथे। स्कुलबाटै मैले गितार र पियानो सिकेको थिएँ।

आइटीबाट ब्याचलर गरेका आर्जनको पहिलो गीत थियो— ‘ओइलिएर झर्न दिन्न।’ त्यो गीतबारे उनी भन्छन्, ‘गीतमार्फत सोसियल अवर्नेशको कथा भनेको थिएँ। एसिड अट्याकको थियो। जुन दर्शकले रुचाइदिनुभयो।’

गायनलाई प्राथमिकतामा राख्दै आएका आर्जन मोडलिङ गर्न पनि रुचाउँछन्। पहिलो गीतमा उनले मोडलिङ गरेका थिएनन्। पछिल्ला गीतमा मोडलिङ गरे।

मोडलिङ गर्न आवश्यकबारे उनी भन्छन्, ‘गीत मात्रै चलेर हुँदैन कलाकार पनि चल्नुपर्छ भन्ने लागेर मोडलिङ गरियो। मोडलिङलाई पे पनि गर्नुपथ्र्यो त्यो अभावमा पनि काम गरिएको हो।’

गायकलाई भन्दा पनि मोडललाई बढी चिन्दारहेछन् भन्ने उनको अनुभव छ। गीत गाएर मात्रै होइन हेरेर पनि सुन्दर हुने खालको हुनुपर्दोरहेछ भन्ने उनको बुझाइ छ।

उनी भन्छन्, ‘जस्तै रेलिमाई गीतको मोडल हो नि तपाईं भनेर सोध्ने गर्छन्। हो, भन्छु। तर, तपाईंले नै गाएको गीत हो भन्दैनन्। गायकलाई भने आफैँले चिनाउनु पर्ने हुँदोरहेछ।’

उनले चर्चित अभिनेत्री केकी अधिकारी, मोडल नायिका रिमा विश्वकर्मा, गायिका इन्दिरा जोशीलगायतसँग मोडलिङ गरेका छन्। सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक आर्जन हरेक गीतमा केही नयाँ दिने कोसिस गरिरहन्छन्।

एनका ‘तिमीलाई हेरी–हेरी,’ ‘डलर’ ‘घाँटीभन्दा तल,’ ‘रेलिमाई’, ‘परेली झिमिक्कै’ जस्ता गीत चर्चित छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?