जेठ १३ गतेदेखि आइपिभी खोप अभियान

जेठ १३ गतेदेखि आइपिभी खोप अभियान
+
-

नेपालगन्ज – बाँकेमा जेठ १३ गतेदेखि पोलियोविरुद्धको आइपीभी खोप अभियान सञ्चालन गरिने भएको छ।  स्वास्थ्य कार्यालय, बाँकेले बुधबार जिल्ला खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीसँग अभिमुखीकरण एवं वकालत बैठक राखेर आइपीभी खोप अभियानका बारेमा जानकारी गराएको हो।

०७१ असोजदेखि नेपालमा आइपीभी खोप अभियान शुरु गरिएको थियो। वि।सं। २०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म यो खोप अभाव भयो। खोप अभाव हुँदा छुटेका बालबालिकालाई समेट्न अहिले अभियान सञ्चालन गर्न थालेको सम्बद्धले बताएका छन्। पोलियोविरुद्ध सुईबाट दिइने खोपलाई आइपीभी भनिन्छ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार, जिल्लामा ३५ हजार ७ सय ५ बालबालिकालाई खोप दिइदैछ। जेठ १३ गतेदेखि १८ गते अभियान चलाउने र छुटेको पाइएमा २४ गतेसम्म नै खोप लगाउने तयारी गरिएको छ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले २ सय ४३ खोप केन्द्रमा एक/एक जना खोप लगाउने व्यक्ति र ४ सय ८६ जना स्वयंसेवक परिचालन गरिदैछ। आइपीभी खोप १४ हप्ता र ९ महिना उमेरका बालबालिकालाई लगाइन्छ। यो उमेरमा छुटेमा ५ वर्षभित्र ४/४ महिनाको फरकमा खोप लगाइन्छ।

जिल्ला खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीको अध्यक्षतामा भएको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, सुरक्षा निकाय र अस्पतालका प्रमुखहरुको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?