सरकारी अस्पतालको सेवा सुधार गरेर देखाउँछुः स्वास्थ्यमन्त्री यादव

सरकारी अस्पतालको सेवा सुधार गरेर देखाउँछुः स्वास्थ्यमन्त्री यादव
+
-

काठमाडाैँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सबै सरकारी अस्पतालहरुको सेवामा सुधार ल्याउने बताएका छन्।

बुधवार अपरान्ह स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित वीर अस्पतालको सबै शाखाको अनुगमन गरेपछि सञ्चारकमीमाझ उनले आफूले वीर अस्पतालबाट सरकारी अस्पतालको अनुगमन सुरु गरेको उल्लेख गर्दै सबै अस्पतालको अनुगमन गरी सुधार गर्ने दृढता व्यक्त गरे।

त्यस क्रममा मन्त्री यादवले समयमै आफ्नो ड्युटीमा नआउने चिकित्सकहरुलाई तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए। त्यस क्रममा उनले तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सो अस्पतालबाट धेरै जनशक्ति हटाएको विषयमा चासो व्यक्त गर्दै त्यसबारे पनि खोजी गर्ने बताए।

मन्त्री यादवले सेवाग्रहीलाई सहज सेवा उपलब्ध गराउन पनि वीर अस्पतालको व्यवस्थापनलाई सचेत गराए। मन्त्री यादवसहितको टोलीले अस्पतालको आकस्मिक सेवा, सर्जरी सेवा, फार्मेसी सेवालगायतको अनुगमन गरेको हो।

त्यस अवसरमा मन्त्री यादवलाई अस्पतालका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतलगायतका पदाधिकारीले अस्पतालको सेवाको अवस्था र त्यसका लागि प्रवन्ध गर्नुपर्ने व्यवस्थाका विषयमा जानकारी गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?