
काठमाडौँ– सामसङ नेपालले ग्यालेक्सी एम १५ ५जी सार्वजनिक गरेको छ।
एम १५ ५जीमा सेग्मेन्टकै सर्वश्रेष्ठ ६ हजार एमएचको ब्याट्री रहेको छ। एसमा एकपटक चार्ज गरेपछि २ दिनसम्म चलाउन मिल्ने कम्पनीले दाबी गरेको छ।
मिडिया टेक डाइमेन्सिटी ६१०० प्लस द्वारा संचालित एम १५ ५जी ब्लू टोपाज र स्टोन ग्रे गरी दुई रंगहरूमा उपलब्ध छ। यो स्मार्टफोन खरिद गर्दा सामसङले २५ वाटकोसामसङ एडेप्टर निःशुल्क उपलब्ध गराउने छ।
ग्यालेक्सी एम १५ ५जीमा सेगमेन्टकै सर्वश्रेष्ठ ६.५कको सुपर एमोलेड डिस्प्ले रहेको छ। जसले सामाजिक सञ्जाल फिडहरू मार्फत बाहिरी सेटिङहरूमा पनि स्क्रोलिङ गर्ने कम्पनीको भनाइ छ।
यो डिभाइसमा ५० एमपीको ट्रिपल क्यामेरा र फ्रन्ट क्यामेरा १३ एमपीको रहेको छ। यो डिभाइसमा कल गर्दा वरिपरिको आवाज कम आउने कम्पनीले दाबी गरेको छ।
यो डिभाइसमा उत्कृष्ट, डिफेन्स ग्रेड नक्स सेक्युरिटी पनि रहेको छ। जसले गर्दा स्मार्टफोनमा गोपनीयता र सुरक्षाले चिन्तामुक्त बनाउने कम्पनीले दाबी गरेको छ।
ग्यालेक्सी एम १५ ५जीमा सामसङको सबैभन्दा नवीन सुरक्षा सुविधाहरू मध्ये एक सामसङ नक्स भल्ट पनि समावेश छ ।
यस्तै यो स्मार्टफोनमा क्वीक शेयर सुविधा पनि रहेको कम्पनीले जनाएको छ।
जसले गर्दा प्रयोगकर्ताहरूलाई तुरुन्तै फाइलहरू, फोटोहरू र कागजातहरू टाढा भए पनि ल्यापटप र ट्याब लगायतका कुनै पनि अन्य उपकरणसँग शेयर गर्न सहज हुने कम्पनीले जनाएको छ।
ग्यालेक्सी एम १५ ५जीमा ६ जीबी÷१२८ जीबी स्टोरेज रहेको छ। यसको मूल्य २५ हजार ९९९ रहेको छ । साथै, देशभरका २ हजार भन्दा बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत पनि यो स्मार्टफोन किन्न सकिने छ।
जसको लागि नजिकको सामसङ इन्स्टा फाइनान्स सेवामा गई नागरिकता मात्र देखाएर ०% ब्याज दरमा इएमआई मा सजिलैसँग फोन प्राप्त गर्न सकिनेछ।